प्रेरितहरूको काम 5:29
तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु पर्छ ।
तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु पर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
16उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।
17तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”
18तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
19तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।
20किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
21अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए ।
25तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।”
26त्यसैले, कप्तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।
27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,
28“हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
30हाम्रा पितापुर्खाका परमेश्वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो ।
7जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”
8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
9यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्न गरिदैँछ भने,
38अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ ।
39तर यदि यो परमेश्वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न र तपाईंहरूले आफैँलाई परमेश्वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।
40तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।
41तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।
37जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”
14तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस् ।
32हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
33जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।
35तब उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् ।
20उहाँले तिनीहरूलाई भन्नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्वरबाट आउनुभएका ख्रीष्ट ।”
5फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
6त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
7धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् ।
27त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”
18तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।
19तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने,
20“जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।”
21जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।
28पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
29हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।
46किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
47“हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ?”
13प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्च राजा हुन्,
5पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्न राम्रो छ । त्यसैले, यहाँ हामी तिनवटा बस्ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौँ ।”
26तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।”
12जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्चर्यचकित हुनुभएको छ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ?
13अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।
15तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।
12अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
16मानिसहरूले जवाफ दिए र भने, “ अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्ने छैनौँ,
68सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ ।
15ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,
28पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।”
29पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”