प्रेरितहरूको काम 5:32

अनलक शाब्दिक बाइबल

हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 2:4 : 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
  • यूह 15:26-27 : 26 जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । 27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।
  • इब्रा 2:3-4 : 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो । 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
  • १ पत्रु 1:12 : 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
  • यूह 16:7-9 : 7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु । 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– 9 पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्; 10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ; 11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ । 12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ । 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।
  • प्रेरि 1:8 : 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
  • लू 24:47-48 : 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । 48 तिमीहरू यी कुराहरूका साक्षी छौ ।
  • यूह 7:39 : 39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
  • प्रेरि 2:32 : 32 यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।
  • प्रेरि 2:38-39 : 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
  • प्रेरि 5:29 : 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।
  • प्रेरि 10:39-41 : 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे । 40 परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो, 41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
  • प्रेरि 10:44 : 44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
  • प्रेरि 13:31 : 31 गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
  • प्रेरि 15:28 : 28 किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
  • २ कोरि 13:1 : 1 ¶ म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो,

  • 8मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।

  • 76%

    32यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।

    33यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ ।

  • 15किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।

  • 48तिमीहरू यी कुराहरूका साक्षी छौ ।

  • 4त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।

  • 15तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।

  • १ यूह 5:7-9
    3 पदहरू
    72%

    7किनकि गवाही दिनेहरू तिन छन्,

    8आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् ।

    9हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।

  • 39यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।

  • 72%

    19तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।

    20किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”

  • 31परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।

  • 10हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौँ भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ,

  • यूह 3:32-33
    2 पदहरू
    72%

    32उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।

    33उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।

  • 31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।

  • 71%

    42परमेश्‍वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्‍नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।

    43सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”

    44पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।

    45पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।

  • 29तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।

  • 11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

  • 47“हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ?”

  • यूह 5:32-33
    2 पदहरू
    70%

    32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।

    33तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।

  • 8तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”

  • 13यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।

  • 2उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।

  • 17त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।

  • 8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,

  • 5कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।

  • 5हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।

  • 22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

  • 3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।

  • 69%

    37जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”

    38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।

  • 69%

    15जब म तिनिहरूसँग बोल्न थालेँ, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो ।

    16कसरी उहाँले भन्‍नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’’

    17हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र?’’’

  • 71तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”

  • 6हामी परमेश्‍वरका हौँ । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।

  • 11अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।

  • 2पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”

  • 24जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्‍वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।

  • 5तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई भन्‍नुभएअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन् ।

  • 22उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो ।

  • 16हामी परमेश्‍वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।