प्रेरितहरूको काम 5:3

अनलक शाब्दिक बाइबल

तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 5:9 : 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।
  • यूह 13:2 : 2 अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
  • यूह 13:27 : 27 र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
  • लू 22:3 : 3 बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।
  • मत्त 4:3-9 : 3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।” 4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।” 5 त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो, 6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।” 7 येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।” 8 फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो । 9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।” 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।” 11 अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
  • प्रेरि 5:2 : 2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
  • गिन 30:2 : 2 जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
  • व्यव 23:21 : 21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पुरा नगर्नु पाप हो ।
  • उप 5:4 : 4 तैँले परमेश्‍वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
  • यशा 29:15 : 15 परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”
  • एफिसी 6:11-16 : 11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो । 13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ । 14 यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्‍मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर । 15 आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर । 16 सबै परिस्थितिहरूमा विश्‍वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्‍टका सबै अग्‍निवाणहरू निभाउन सक्‍नेछौ ।
  • याक 4:7 : 7 त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ ।
  • १ पत्रु 5:8 : 8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।
  • प्रका 12:9-9 : 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो । 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो । 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
  • रोमी 2:21-22 : 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ? 22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ?
  • यिर्मि 23:24 : 24 के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
  • हो 11:12 : 12 एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ ।”
  • १ राजा 22:21-22 : 21 तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी?’ 22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
  • १ इति 21:1-3 : 1 ¶ इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो । 2 दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।” 3 योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”
  • अय्यू 22:13 : 13 तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र?
  • भजन 94:7-9 : 7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।” 8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ? 9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र?
  • नीति 20:25 : 25 “यो कुरो पवित्र छ,” भनी हतारमा भन्‍ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
  • प्रेरि 5:4 : 4 यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ ।
  • मत्त 13:19 : 19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
  • उत्प 3:13-17 : 13 परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ ।” 14 परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् । 15 तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।” 16 उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।” 17 आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 5:4-9
    6 पदहरू
    90%

    4यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ ।

    5यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो ।

    6जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।

    7त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन् ।

    8पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।”

    9तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।

  • प्रेरि 5:1-2
    2 पदहरू
    86%

    1¶ अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे ।

    2र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

  • 75%

    18प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।

    19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”

    20तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् ।

    21यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन ।

  • 37उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

  • प्रेरि 4:7-8
    2 पदहरू
    70%

    7जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”

    8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,

  • 13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।

  • 12जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्‍चर्यचकित हुनुभएको छ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ?

  • 67%

    37जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”

    38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।

  • 67%

    18(यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो ।

    19यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )

  • 34तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे

  • 19तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।

  • 14तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस् ।

  • 4तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः

  • 29तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।

  • 33तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान! तैँले परमेश्‍वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”

  • 17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”

  • 33जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।

  • 10र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?

  • 44पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।

  • 2झूटा कपटहरू ध्‍यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ ।

  • 32विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।

  • 2त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।

  • 13उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

  • 8मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।

  • 9एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।

  • 11पुरै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।

  • 27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,

  • 23तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा! तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्‍वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”

  • 3लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।

  • 2प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे ।

  • 23किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”

  • प्रेरि 3:5-6
    2 पदहरू
    64%

    5ती मानिसले उनीहरूबाट केही चिज प्राप्‍त गर्ने आशा राखेर उनीहरूलाई हेरे ।

    6तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”

  • 12मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ ।

  • 7तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?

  • 11जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए ।

  • 5पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।

  • 14जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”