प्रेरितहरूको काम 7:50
के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’
के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
48तथापि सर्वोच्च परमेश्वर हातले बनाएका घरहरूमा बस्नुहुन्न जस्तो अगमवक्ताले भनेका छन्ः
49‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?
11इस्राएलका सृष्टिकर्ता परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
12मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
1¶ परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
2यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
9परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र?
13हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्छन् ।
8तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्ट पार्दै हुनुहुन्छ ।
9त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन?’
16तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ! के कुमालेलाई माटोजस्तै ठान्ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्ने, “त्यसले मलाई बुझ्दैन”?
5समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्खा जमिन उहाँकै हातले बनाए ।
10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
24परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न ।
15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्यसको ठाउँमा राख्नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्नुभयो ।
25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
5'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।
21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?
73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ ।
5आकाश सृष्टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्न गर्ने सबै थोक बनाउनुहुने, त्यसमा मानिसहरूलाई सास दिनुहुने र त्यसमा बस्नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’
17“हे परमप्रभु परमेश्वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन ।
2“बनाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
40हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र?
5तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
6“ए इस्राएलका घराना हो, के म तिमीहरूलाई यही कुमालेले जस्तै गर्न सक्दिनँ र? यो परमप्रभुको घोषणा हो । हेर, ए इस्राएलका घराना हो, कुमालेको हातमा माटो भएझैं तिमीहरू मेरो हातमा तेस्तै छौ ।
20त्यसको विपरीत, हे मानिस, परमेश्वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको? ”
16हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको पवित्र नाउँका सम्मान गर्न मन्दिर बनाउन हामीले जम्मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन् ।
20परमप्रभुको हातले नै यसो गरेको छ, इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको छ, भनेर मानिसहरूले हेरून्, चिनून् अनि बुझून् भन्ने उदेश्यले म यो गर्नेछु ।
11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
12पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?
18आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।
24तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
27तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!
20के मानिसहरूले आफ्नै लागि ईश्वरहरू बनाउँछन् र? तर ति त ईश्वरहरू नै होइनन् ।”
16मैले आफ्नो वचन तेरो मुखमा हालेको छु, र आफ्नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्न सकुँ ।
15मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
5यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?
51हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्नुभएको छ,
6तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्नुभएको छः
11किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
3हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
11परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र?
6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।
25परमपवित्र भन्नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?”
13आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
6तर सारा विश्व र स्वर्ग नै पनि परमेश्वरको निम्ति सानो हुन्छ भने, कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र?
18तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्न भने—मैले निर्माण गरेको यो मन्दिरमा त झन् कति साँगुरो हुन्छ होला?