यशैया 45:11
इस्राएलका सृष्टिकर्ता परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
इस्राएलका सृष्टिकर्ता परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
7म नै ज्योति बनाउँछु र अन्धकारको सृष्टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
8ए आकाश, माथिबाट वर्षा झार्! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्ति उम्रिहोस् र त्योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्टि गरेको हो ।
9त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन?’
10धिक्कार त्यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्म दिनुभयो?'
2“बनाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
3'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'
50के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’
7मजस्तो को छ? आफ्ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
24तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
15म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ ।”
16परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
20परमप्रभुको हातले नै यसो गरेको छ, इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको छ, भनेर मानिसहरूले हेरून्, चिनून् अनि बुझून् भन्ने उदेश्यले म यो गर्नेछु ।
21परमप्रभु भन्नुहुन्छ, “तेरो मुद्दा पेस गर् ।” याकूबका राजा भन्नुहुन्छ, “तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर् ।”
5आकाश सृष्टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्न गर्ने सबै थोक बनाउनुहुने, त्यसमा मानिसहरूलाई सास दिनुहुने र त्यसमा बस्नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
5तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
6“ए इस्राएलका घराना हो, के म तिमीहरूलाई यही कुमालेले जस्तै गर्न सक्दिनँ र? यो परमप्रभुको घोषणा हो । हेर, ए इस्राएलका घराना हो, कुमालेको हातमा माटो भएझैं तिमीहरू मेरो हातमा तेस्तै छौ ।
13हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्छन् ।
16मैले आफ्नो वचन तेरो मुखमा हालेको छु, र आफ्नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्न सकुँ ।
18आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।
5मलाई कोसँग तुलना गर्नेर्छस्? म कोजस्तो छु जस्तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस्?
13आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ ।
25परमपवित्र भन्नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?”
16हेर्, मैले कारीगरलाई सृष्टि गरेको छु, जसले भुङ्ग्रो फुक्छ र आफ्नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्ट गर्नलाई मैले नष्ट गर्नेको सृष्टि गरेको छु ।
17परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्याउँछ ।
19मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्ने थिएँ ।
21नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
8मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
5यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्न सक्नेछैनौ, 'मेरो मूर्तीले त्यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’
15म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।
16तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ! के कुमालेलाई माटोजस्तै ठान्ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्ने, “त्यसले मलाई बुझ्दैन”?
6म उत्तरलाई, 'तिनीहरूलाई सुम्पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्याओ ।
7मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
1¶ इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
8तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
13किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्च ठाउँहरूलाई कुल्चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, उहाँको नाउँ हो ।”
2ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।
6हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्वरलाई कृतज्ञता देखाउँछौ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्न र? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो ।
11परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।
23तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्वरको भयमा खडा हुनेछन् ।
1¶ परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
2यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
1¶ तिमीहरू जो धार्मिकताको पछि लाग्छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
3“मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।
8तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्ट पार्दै हुनुहुन्छ ।
25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्नावशेषको थुप्रोमा समेटेको छस् ।
5परमप्रभु फेरि मसँग बोल्नुभयो,
5'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।