प्रेरितहरूको काम 8:13

अनलक शाब्दिक बाइबल

सिमोन आफैँले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्‍यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्‍क परे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 8:6-7 : 6 जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने । 7 किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
  • प्रेरि 19:11 : 11 पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।
  • याक 2:19-26 : 19 परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् । 20 मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ? 21 जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? 22 तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो । 23 धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए । 24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन । 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र? 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्दछ ।
  • प्रेरि 8:21 : 21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन ।
  • प्रेरि 13:44 : 44 अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो ।
  • भजन 78:35-37 : 35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे । 36 तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले । 37 किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् ।
  • भजन 106:12-13 : 12 तब तिनीहरूले उहाँको वचनमा विश्‍वास गरे र तिनीहरूले उहाँको स्‍तुति गाए । 13 तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से । तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन् ।
  • मर 16:17 : 17 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
  • लू 8:13 : 13 त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।
  • यूह 2:23-25 : 23 उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे । 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो, 25 किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।
  • यूह 5:20 : 20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
  • यूह 7:21 : 21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
  • यूह 8:30-31 : 30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे । 31 येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
  • प्रेरि 3:10 : 10 तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्‍चर्य र विस्मयले भरिएका थिए ।
  • हब 1:5 : 5 “जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्‍चर्यचकित हो! किनभने निश्‍चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 8:5-12
    8 पदहरू
    82%

    5फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे ।

    6जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।

    7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।

    8र त्यस सहरमा बडो आनन्द भयो ।

    9तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो ।

    10सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”

    11तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।

    12तर जब फिलिपले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्‍वास गरे अनि पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए ।

  • 76%

    14सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए ।

    15तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।

  • 75%

    35फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।

    36तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ?”

    37त्यसैले, ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।

  • 72%

    24सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”

    25पत्रुस र यूहन्‍नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।

  • 72%

    39तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।

    40तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।

  • 36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।

  • 72%

    17त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।

    18प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।

    19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”

  • 70%

    42यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे ।

    43पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।

  • 43हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।

  • 12प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।

  • 68%

    29पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”

    30त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ?”

    31इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे ।

  • 8अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।

  • 43अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”

  • 9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।

  • 30येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।

  • 41उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।

  • 16अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;

  • 42त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे ।

  • 68%

    47“हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ?”

    48तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे ।

  • 39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।

  • 12प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।

  • 13उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

  • 23उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे ।

  • 38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।

  • 5मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।

  • 16जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।

  • 13जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।

  • 3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।

  • 14पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,

  • 40यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए ।

  • 21र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।