लूका 5:9
तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए ।
तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
2उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्नुभयो । जालहारीहरूले बाहिर निस्केर आफ्ना जालहरू धोइरहेका थिए ।
3येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।
4उहाँले बोलिसक्नुभएपछि सिमोनलाई भन्नुभयो, “माछाहरू समात्नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”
5सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्नुहुन्छ भने म जाल हान्नेछु ।”
6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्न थाले ।
8तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
6उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन् ।
7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
17येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
19जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्नालाई देख्नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
20उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।
19येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
20तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
21जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
26सबै जना अचम्मित भए र परमेश्वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
27यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो । उहाँले उसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।
48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो ।
49तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्च्याए,
50किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”
51उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
43तिनीहरू परमेश्वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
8जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
43तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
27हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”
13जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।
22अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्याए ।
54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।
6(तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
29सभाघरबाट बाहिर निस्कनुभएपछि उहाँहरू याकूब र यूहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।
41तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”
13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
27ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले ।