यूहन्ना 21:6

अनलक शाब्दिक बाइबल

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 5:4-7 : 4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।” 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।” 6 जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो । 7 त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।
  • यूह 2:5 : 5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” ।
  • प्रेरि 2:41 : 41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
  • प्रेरि 4:4 : 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
  • इब्रा 2:6-9 : 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ? 7 तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ । 8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ । 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो ।
  • भजन 8:8 : 8 आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्‍ने हरेक कुरा ।
  • मत्त 7:27 : 27 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 21:7-13
    7 पदहरू
    87%

    7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।

    8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।

    9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।

    10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”

    11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।

    12येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन ।

    13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।

  • लू 5:2-7
    6 पदहरू
    87%

    2उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए ।

    3येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।

    4उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”

    5सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”

    6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।

    7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।

  • यूह 21:2-5
    4 पदहरू
    83%

    2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।

    3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।

    4अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।

    5त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”

  • लू 5:9-11
    3 पदहरू
    81%

    9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।

    10यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”

    11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।

  • मर 1:16-19
    4 पदहरू
    80%

    16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।

    17येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”

    18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।

    19जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।

  • मत्त 4:18-21
    4 पदहरू
    79%

    18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।

    19येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”

    20तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।

    21जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,

  • 27हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”

  • 7तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।

  • यूह 6:21-22
    2 पदहरू
    75%

    21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।

    22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे ।

  • 38उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”

  • 43तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।

  • 19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।

  • मर 6:53-54
    2 पदहरू
    75%

    53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्‍याए ।

    54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।

  • यूह 6:16-17
    2 पदहरू
    74%

    16जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।

    17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।

  • 34येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”

  • मत्त 13:47-48
    2 पदहरू
    74%

    47फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।

    48जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।

  • 22अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।

  • 48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।

  • 13तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”

  • यूह 6:11-12
    2 पदहरू
    73%

    11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।

    12जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”

  • 24जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।

  • 13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

  • 15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”