मरकुस 1:29

अनलक शाब्दिक बाइबल

सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 4:38-39 : 38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे । 39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
  • मत्त 8:14-15 : 14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो । 15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
  • मर 1:21 : 21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
  • मर 1:23 : 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र
  • लू 9:58 : 58 येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 1:30-33
    4 पदहरू
    84%

    30अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।

    31यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।

    32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

    33सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।

  • लू 4:37-40
    4 पदहरू
    83%

    37उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।

    38त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।

    39उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।

    40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

  • मर 1:18-21
    4 पदहरू
    81%

    18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।

    19जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।

    20उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।

    21र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।

  • 28उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।

  • मत्त 8:14-16
    3 पदहरू
    79%

    14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।

    15येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।

    16जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।

  • मर 6:53-54
    2 पदहरू
    78%

    53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्‍याए ।

    54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।

  • 13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।

  • मत्त 4:20-22
    3 पदहरू
    77%

    20तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।

    21जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,

    22र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।

  • 16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।

  • 36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।

  • 11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।

  • मर 2:1-2
    2 पदहरू
    76%

    1¶ केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो ।

    2यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।

  • 18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।

  • 9त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।

  • यूह 1:39-40
    2 पदहरू
    75%

    39उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।

    40यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए ।

  • 51जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन ।

  • 1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

  • 34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।

  • मर 1:38-39
    2 पदहरू
    73%

    38उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।

    39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • 2यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्‍ना;

  • 1¶ सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।

  • 13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।

  • 12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।

  • 1¶ त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।

  • 1¶ येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो ।

  • 37उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।

  • 15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।

  • 9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।

  • 12उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।

  • 19अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो ।

  • 17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए ।

  • 17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।

  • 43अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”