मरकुस 3:19

अनलक शाब्दिक बाइबल

अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 26:14-16 : 14 त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, 15 र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए । 16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।
  • मत्त 26:47 : 47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
  • मत्त 27:3-5 : 3 त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो, 4 र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।” 5 अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।
  • यूह 6:64 : 64 तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
  • यूह 6:71 : 71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
  • यूह 12:4-6 : 4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो, 5 “यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?” 6 त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
  • यूह 13:2 : 2 अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
  • यूह 13:26-30 : 26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो । 27 र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।” 28 अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन । 29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे । 30 जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।
  • प्रेरि 1:16-25 : 16 “भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो । 17 किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो ।” 18 (यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो । 19 यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । ) 20 “किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’ 21 यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” 23 तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे । 24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्‍नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्‍नुभएको छ प्रकट गर्नुहोस् 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 14:10-11
    2 पदहरू
    81%

    10अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।

    11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।

  • 4सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो ।

  • 4उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,

  • यूह 18:1-3
    3 पदहरू
    78%

    1¶ यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।

    2उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो ।

    3अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।

  • लू 22:3-4
    2 पदहरू
    78%

    3बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।

    4येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो ।

  • 14त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,

  • 16याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो ।

  • 2अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।

  • 20तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।

  • 13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।

  • लू 22:47-48
    2 पदहरू
    75%

    47हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,

    48तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ?”

  • मत्त 26:46-48
    3 पदहरू
    75%

    46उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।”

    47जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।

    48अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”

  • 18अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,

  • मर 14:42-45
    4 पदहरू
    75%

    42उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”

    43उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।

    44अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”

    45जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी!” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।

  • मर 14:16-21
    6 पदहरू
    74%

    16चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।

    17जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो ।

    18जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”

    19उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन?”

    20येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।

    21मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्‍कार! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”

  • 71अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।

  • यूह 13:25-27
    3 पदहरू
    73%

    25त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”

    26त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।

    27र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”

  • 3त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो,

  • 21जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

  • लू 22:21-22
    2 पदहरू
    72%

    21तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।

    22किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”

  • 18उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”

  • 25यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”

  • 29सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।

  • 21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”

  • 23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।

  • 15सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे ।

  • 14जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?”

  • 16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।

  • 30जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।

  • 2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।

  • 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,

  • 16“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।