लूका 6:17

अनलक शाब्दिक बाइबल

त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 11:21 : 21 “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।
  • मत्त 12:15 : 15 अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
  • मत्त 14:14 : 14 त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
  • मत्त 15:21 : 21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।
  • मर 3:7-9 : 7 तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया, 8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो । 9 भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।
  • मर 7:24-31 : 24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन । 25 तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्‍टो परिन् । 26 ती स्‍त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् । 27 उहाँले तिनलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।” 28 तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।” 29 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” 30 तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो । 31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।
  • लू 5:15 : 15 तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।
  • लू 6:12 : 12 उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो ।
  • भजन 103:3 : 3 उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
  • भजन 107:17-20 : 17 आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे । 18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे । 19 तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
  • मत्त 4:23-25 : 23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो । 24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए । 25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 3:7-10
    4 पदहरू
    84%

    7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

    8यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो ।

    9भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।

    10किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।

  • यूह 6:2-3
    2 पदहरू
    81%

    2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए ।

    3येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्‍नुभयो ।

  • मत्त 15:29-30
    2 पदहरू
    81%

    29येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो ।

    30ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • 2एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • मत्त 4:23-25
    3 पदहरू
    81%

    23येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।

    24उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।

    25गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।

  • 1¶ जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।

  • 13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।

  • मत्त 14:13-14
    2 पदहरू
    78%

    13जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।

    14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।

  • लू 6:18-19
    2 पदहरू
    78%

    18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।

    19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।

  • 17एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो ।

  • 11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

  • 15तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।

  • 2उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्‍नुभयो । सबै भिड समुद्रको किनारमा उभियो ।

  • 1¶ जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।

  • 37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

  • 16जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।

  • 1¶ फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो । त्यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भिड समुद्र किनारको छेउमा थिए ।

  • 31उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।

  • मर 6:54-56
    3 पदहरू
    76%

    54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।

    55तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले ।

    56जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।

  • मर 6:33-34
    2 पदहरू
    75%

    33तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।

    34जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।

  • 21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

  • 40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

  • मर 1:32-34
    3 पदहरू
    75%

    32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

    33सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।

    34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

  • मर 6:1-2
    2 पदहरू
    75%

    1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

    2जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”

  • 14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।

  • 16त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।

  • 1¶ जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।

  • 42जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे ।

  • 21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।

  • 31त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।

  • 45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

  • 18जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।

  • 35जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।

  • 34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • 15अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।