मत्ती 14:13
जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
15जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून् ।”
31उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।
32त्यसैले, उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो ।
33तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।
34जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।
7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,
8यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो ।
9भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।
15अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
42जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्त जानबाट रोक्ने कोसिस गरे ।
18जब येशूले भिडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
12अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
22उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो ।
23उहाँले भिडलाई पठाइसक्नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो ।
13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।
29येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्नुभयो ।
21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
39त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
1¶ त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्नुभयो ।
2उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्नुभयो । सबै भिड समुद्रको किनारमा उभियो ।
13त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।
34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे ।
10जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।
11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
12दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
36त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो । उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए ।
34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो ।
2एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
45उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो ।
46जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।
24जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्ने देखे ।
37गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।
53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्याए ।
54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।
17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए ।
25गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।
23जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
12अनि जब यूहन्ना पक्राउमा परेको येशूले सुन्नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्नहरू तिनीहरूले देखेका थिए ।
1¶ येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्नुभयो ।
1¶ येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
1¶ जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
10त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
22अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।
35उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।
15तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्न र आ-आफ्नो रोगबाट निको हुन आए ।