प्रेरितहरूको काम 8:28
फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए ।
फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
25पत्रुस र यूहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
26अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
27तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए ।
29पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
30त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?”
31इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे ।
32इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
33उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
34त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
35फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
36तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ?”
37त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए ।
39तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
40तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
5फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे ।
6जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
8र त्यस सहरमा बडो आनन्द भयो ।
9तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो ।
16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो ।
17उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
8अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
16येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्नो रथमा आफूसँगै लगे ।
41यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
12तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए ।
13सिमोन आफैँले पनि विश्वास गर्यो र बप्तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क परे ।
14सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए ।
8तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्ने गरी अर्थ खोलिदिए ।
28यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले ।
35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
36त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”
32यस्तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन् भन्ने देखे, तिनलाई खेद्न छोडेर तिनीहरू फर्किए ।
43अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
44फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो ।
9ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
9त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।
27पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
20त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्यो ।
7जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
40जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
26एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र?
27तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
28यी कुराहरू भनिसक्नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।
23जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे ।
11तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए ।
32तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
4यशैया बिचको चोकमा पुग्नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
23उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्ताले भने ।”
30तिनीहरू सहरबाट उहाँकहाँ आए ।