लूका 8:40

अनलक शाब्दिक बाइबल

जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 9:1 : 1 ¶ येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो ।
  • मर 5:21 : 21 येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
  • मर 6:20 : 20 किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
  • मर 12:37 : 37 दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो ।
  • लू 5:1 : 1 ¶ जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
  • लू 19:6 : 6 त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
  • लू 19:37-38 : 37 उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे । 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”
  • लू 19:48 : 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
  • यूह 5:35 : 35 यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
  • प्रेरि 10:33 : 33 त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”
  • नीति 8:34 : 34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 39“आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”

  • लू 9:10-11
    2 पदहरू
    76%

    10जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।

    11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

  • 34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • 1¶ जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।

  • 15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।

  • 43तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

  • लू 8:41-42
    2 पदहरू
    73%

    41हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे ।

    42किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो ।

  • 37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

  • 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

  • 37उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।

  • 2एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • 52त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।

  • मर 1:32-33
    2 पदहरू
    72%

    32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

    33सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।

  • मत्त 15:30-31
    2 पदहरू
    72%

    30ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

    31गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।

  • 24त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।

  • 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।

  • मर 5:20-21
    2 पदहरू
    71%

    20त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।

    21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।

  • 10तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।

  • 37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”

  • 40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

  • 1¶ यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।

  • 1¶ येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो ।

  • लू 8:35-37
    3 पदहरू
    70%

    35त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।

    36तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।

    37गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।

  • 29जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।

  • 38उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो ।

  • 4अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो ।

  • 18यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।

  • 2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए ।

  • 1¶ केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो ।

  • 13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।

  • 40येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,

  • मर 3:8-9
    2 पदहरू
    70%

    8यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो ।

    9भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।

  • 5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,

  • 33तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।

  • 47जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।

  • 38सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।

  • 45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

  • 14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।

  • 6त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।

  • 25गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।

  • 42जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे ।

  • 43तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,