प्रेरितहरूको काम 8:30
त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?”
त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
27तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए ।
28फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए ।
29पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
31इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे ।
32इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
33उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
34त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
35फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
36तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ?”
37त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए ।
39तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
40तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
5फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे ।
6जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
43अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
44फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो ।
45फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्यवस्थामा र अगमवक्ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
46नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
17उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
26येशूले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?”
21यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
22फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
9उहाँले भन्नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'
26उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्न त तिमीहरू सुन्नेछौ तर बुझ्दैनौ, देखेर देख्नेछौ तर सजग हुनेछैनौ ।
8तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्ने गरी अर्थ खोलिदिए ।
48नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्नुभयो, “फिलिपले बोलाउनुभन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
41यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने?”
8फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्त हुनेछ ।”
9येशूले तिनलाई भन्नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्न सक्छौ?”
21उहाँले भन्नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
6तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”
45तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
8अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
13सिमोन आफैँले पनि विश्वास गर्यो र बप्तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क परे ।
14सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए ।
12कोही पढ्न नसक्नेलाई “यो पढिदिनुहोस्” भन्दै दिंदा, उसले भन्छ, “म पढ्न सक्दिनँ ।”
14तिनीहरूका निम्ति यशैया अगमवक्ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
38यशैया अगमवक्ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमेश्वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
23उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्ताले भने ।”
8मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु?” उहाँले मलाई भन्नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ
37यी दुई चेलाले यूहन्नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।
7यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्वरको वचन सुन्न चाहन्थे ।
32तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
17ताकि यशैया अगमवक्ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
19तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ?
20किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौँ ।”
36त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”