आमोस 1:2

अनलक शाब्दिक बाइबल

तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्‍नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यो 3:16 : 16 सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ ।
  • यशा 42:13 : 13 परमप्रभु एउटा युद्धाझैं बाहिर निस्कनुहुनेछ । एक जना योद्धाले झैं उहाँले आफ्नो जोश जगाउनुहुनेछ । उहाँ करानुहुनेछ, हो, उहाँले युद्धाको ध्वनि निकाल्नुहुनेछ । उहाँले आफ्ना शत्रुहरूलाई आफ्नो शक्ति देखाउनुहुनेछ ।
  • यिर्मि 12:4 : 4 देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।”
  • आमो 9:3 : 3 तिनीहरू कर्मेलको टुप्‍पोमा लुके भने पनि, त्यहाँ म तिनीहरूलाई खोज्‍नेछु र निकाल्‍नेछु । तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पिंधमा लुके भने पनि, त्यहाँ म सर्पलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई डस्‍नेछ ।
  • यिर्मि 25:30 : 30 तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।
  • यिर्मि 50:19 : 19 इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्‍ट हुनेछ ।
  • हो 13:8 : 8 छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।
  • यो 1:9-9 : 9 परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् । 10 खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन । 11 ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् । 12 दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ । 13 ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।
  • यो 1:16-18 : 16 के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र? 17 माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ । 18 पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।
  • यो 2:11 : 11 परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?
  • १ शमू 25:2 : 2 माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो ।
  • नीति 20:2 : 2 राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।
  • यशा 33:9 : 9 देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्‍जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन् ।
  • यशा 35:2 : 2 त्‍यो प्रशस्‍त गरी फुल्नेछ आनन्द र गीतले रमाउनेछ । लेबनानको गौरव, कार्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्‍वरको वैभव देख्‍नेछन् ।
  • नहू 1:4 : 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।
  • यिर्मि 14:2 : 2 “यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।
  • आमो 3:7-8 : 7 निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन । 8 सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको छ । कसले अगमवाणी बोल्दैन र?
  • आमो 4:7-8 : 7 फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो । 8 दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे ।

  • 16सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ ।

  • जक 11:2-3
    2 पदहरू
    75%

    2ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।

    3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।

  • 30तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।

  • 9देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्‍जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन् ।

  • 15तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’

  • 10म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।

  • 16यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।

  • 4परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।

  • आमो 3:8-9
    2 पदहरू
    73%

    8सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको छ । कसले अगमवाणी बोल्दैन र?

    9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 10अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।

  • 1¶ सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।

  • आमो 7:9-11
    3 पदहरू
    72%

    9इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”

    10तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्‍दैन ।

    11किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”

  • 1¶ आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।

  • आमो 8:2-3
    2 पदहरू
    72%

    2उहाँले भन्‍नुभयो, “आमोस, तँ के देख्‍छस्?” मैले भनें, “ग्रीष्‍म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्‍त्‍य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

    3यो परमप्रभु परमेश्‍वरको घोषणा हो, त्यो दिनमा मन्दिरका गीतहरू रुवाबासीमा बद्लिनेछन्, धेरै लासहरू जता-ततै फलिनेछन्! शान्‍त हो!”

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

  • यो 1:18-19
    2 पदहरू
    71%

    18पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।

    19हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।

  • 71%

    36गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ ।

    37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • 18जस्‍तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ ।

  • 7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

  • 3परमप्रभु यसो भन्‍नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।

  • 15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।

  • मीका 1:2-4
    3 पदहरू
    70%

    2सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।

    3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।

    4मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् ।

  • 4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।

  • 8यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।

  • 10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।

  • 1¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,

  • 31त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।

  • 14रब्बाका पर्खालहरूमा म आगो बाल्‍नेछु, र युद्धको दिनको चिच्‍याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।

  • 6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं' ।”

  • 2मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।

  • 13सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”

  • 1¶ सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।

  • 14परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ ।

  • 15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 14आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।

  • 8“मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।

  • 30त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • 12सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् ।

  • 12त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।