आमोस 4:6

अनलक शाब्दिक बाइबल

मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • हाग्गै 2:17 : 17 मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
  • यिर्मि 5:3 : 3 हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
  • लैव्य 26:26 : 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ ।
  • यशा 9:13 : 13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
  • यशा 26:11 : 11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।
  • व्यव 28:38 : 38 तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।
  • १ राजा 17:1 : 1 ¶ गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।”
  • १ राजा 18:2 : 2 आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।
  • २ राजा 4:38 : 38 तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।”
  • २ राजा 6:25-29 : 25 त्यसैले सामरियामा ठुलो अनिकाल पर्‍यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्‍न ग्राम चाँदीमा बिक्री गरियो । 26 जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।” 27 तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?” 28 राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’ 29 त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।”
  • २ राजा 8:1 : 1 ¶ अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”
  • २ इति 28:22 : 22 तिनै राजा आहाजले आफ्‍नो कष्‍टको समयमा परमप्रभुको विरुद्ध झन्‌ धेरै पाप गरे ।
  • यशा 3:1 : 1 ¶ हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,
  • यिर्मि 8:5-7 : 5 यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् । 6 मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् । 7 आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् ।
  • यहे 16:27 : 27 हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए ।
  • हो 5:15-6:1 : 15 तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।” 1 ¶ “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ ।
  • हो 7:14-16 : 14 आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्‍न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् । 15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन् । 16 तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।
  • यो 2:12-14 : 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।” 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न । 14 कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि?
  • आमो 4:8-9 : 8 दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 9 डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
  • जक 1:3-6 : 3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’” 5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्? 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
  • प्रका 2:21 : 21 मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्छा गरिन ।
  • प्रका 9:20-21 : 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्; 21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे ।
  • प्रका 16:10-11 : 10 पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए । 11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • आमो 4:7-11
    5 पदहरू
    82%

    7फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो ।

    8दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

    9डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

    10मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

    11मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

  • 17मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 12किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”

  • 6तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।

  • 11हेर्, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्‍यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो।

  • मीका 6:13-14
    2 पदहरू
    71%

    13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

    14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • हाग्गै 1:9-10
    2 पदहरू
    71%

    9“तिमीहरूले धेरै कुराको खोजी गर्‍यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्‍नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।

    10यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।

  • 7तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।

  • 7तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’

  • 19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 17त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ । तिमीहरू हरेकले आफ्ना दाजुभाइ र इस्राएली बन्‍धुलाई स्वतन्त्रताको घोषणा गर्नुपर्थ्यो । त्यसैले हेर्, अब मैले तिमीहरूका निम्ति स्वतन्त्रताको घोषणा गर्नै लागेको छु, यो परमप्रभुको घोषणा हो । तिमीहरूलाई तरवार, विपत्ति र अनिकालबाट मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु, किनकि म तिमीहरूलाई पृथ्वीका हरेक राज्यको दृष्‍टिमा घिनलाग्दो पात्र बनाउनेछु ।

  • 13किनकि परमप्रभु भन्‍नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन्‌ ।”

  • 15मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।

  • 19त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,

  • 7तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’

  • 5रोटीले धन्यवादको बलिदान अर्पण गर, स्वइच्‍छा भेटीको घोषणा गर । तीबारे घोषणा गर, किनकि यस कुराले तिमीहरू, इस्राएलका मानिसहरूलाई खुसी तुल्‍याउँछ, — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 12परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”

  • 25“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।

  • 70%

    18तर ती दिनमा पनि म तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ, यो परमप्रभुको घोषणा हो ।

    19जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”

  • 1¶ ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।

  • 7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।

  • 6किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्‍ने सहरहरूजस्तै तुल्याउनेछु ।

  • लैव्य 26:25-26
    2 पदहरू
    70%

    25म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।

    26जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ ।

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 13तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ ।

  • 7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’

  • 13मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'

  • यहे 36:29-30
    2 पदहरू
    70%

    29किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्‍नलाई आज्ञा गर्नेछु र त्‍यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ ।

    30रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।

  • 4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

  • 31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

  • 19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 14“किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • 15यसैले उहाँले मलाई भन्‍नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।

  • 3त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।

  • 14इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।

  • 5उजाड-स्‍थानमा, अति सुक्‍खा भूमिमा नै, मैले तिमीहरूलाई चिनें ।

  • 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'