योएल 2:25
“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।
“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26तिमीहरू प्रशस्त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्ना परमप्रभु परमेश्वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्मका काम गर्नुएको छ, र म कहिल्यै आफ्ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
4बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्याङ्ग्राले खाएका छन्, र फट्याङ्ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन् ।
9डढुवा र ओसले मैले तिमीहरूलाई कष्ट दिएँ । तिमीहरूका असङ्ख्य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
10मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
15आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ् ।
16तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन् ।
11“तिमीहरूका बालीहरू नष्ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्मै फसल नष्ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
12“सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
42तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्ट गरिदिने छन् ।
14सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’
4तपाईंको लूट सलहरूले जस्तै बटुलिन्छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
38तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।
24खलाहरू गहुँले भरिनेछन्, र घ्याम्पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।
17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्ट पार्नेछन् ।
18तर ती दिनमा पनि म तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ, यो परमप्रभुको घोषणा हो ।
46तिनीहरूका अन्न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो ।
29किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्नलाई आज्ञा गर्नेछु र त्यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ ।
30रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।
1¶ परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो । हेर, बसन्त ऋतुको बाली मौलाउनै लाग्दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, योचाहिं राजाको कटनी पछिको बाली थियो ।
5दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
19परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्याउनेछैनँ ।
17मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
34उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए ।
14मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।
15म तिनीहरूलाई आफ्नै देशमा बसाल्नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ ।
14म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्टि र पछिल्लो वृष्टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।
15म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्त हुने छौ ।
11तर म अब पहिलेका दिनमाझैँ हुन्न, म यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।
12किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।
12“म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।
16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्नेहरू सबैको म बिगार गर्नेछु ।
19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।
20त्यसबेला, म तिमीहरूको नेतृत्व गर्नेछु, र तिमीहरूलाई भेला गराउनेछु । जब म तिमीहरूलाई पुनर्स्थापित गर्नेछु, म पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान र प्रशंसा गर्न लगाउनेछु,” परमप्रभु भन्नुहुन्छ ।
19इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्ट हुनेछ ।
29तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्न रोप्ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् ।
30तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्नुपर्छ र तिनका फल खानुपर्छ ।
16म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।
11ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्ख्यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।
11ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।
21छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्ने फसल उब्जाउने छ ।
9यसैले फसलको समयमा म त्यसको अन्न, र दाखमद्यको मौसममा म त्यो फिर्ता लिनेछु । त्यसको नग्नतालाई ढाक्न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
6मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।”
11परमप्रभुले भन्नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्चय नै सङ्कष्ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
3किनकि यस्ता दिनहरू आउँदैछन्, जति बेला म आफ्ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्यसमा अधिकार गर्नेछन् ।”
17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
12तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”
23जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन्, यो परमप्रभुको घोषणा हो । किनकि शत्रुहरू गन्नै नसकिने गरी सलहहरूभन्दा धेरै हुनेछन् ।
7तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।
5कसैले जमिनलाई देख्न नसक्ने गरी तिनीहरूले भुइँलाई ढाक्नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।