कलस्सीहरू 4:5

अनलक शाब्दिक बाइबल

बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एफिसी 5:15-17 : 15 त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो । 16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् । 17 मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
  • १ थेस 4:12 : 12 यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
  • १ तिमो 3:7 : 7 तिनी बाहिरको मानिसहरूको दृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।
  • याक 3:13 : 13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
  • मत्त 10:16 : 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
  • रोमी 16:19 : 19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु ।
  • १ कोरि 5:12-13 : 12 किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र? 13 तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”
  • १ कोरि 14:19-25 : 19 तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु । 20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन । 21 व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन्” परमप्रभु भन्‍नुहुन्छ । 22 त्यसकारण, अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन । 23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र? 24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ । 25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
  • मर 4:11 : 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ ।
  • याक 3:17 : 17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
  • १ पत्रु 3:1 : 1 ¶ यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।
  • भजन 90:12 : 12 त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।
  • याक 1:5 : 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
  • कलस्सी 3:16 : 16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 5:14-17
    4 पदहरू
    84%

    14किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”

    15त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।

    16समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।

    17मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।

  • 6तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।

  • 12यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

  • कलस्सी 4:3-4
    2 पदहरू
    77%

    3हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।

    4जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्‍टपार्न सकूँ भनेर प्रार्थना गर ।

  • 17त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।

  • १ पत्रु 4:3-4
    2 पदहरू
    72%

    3किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।

    4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।

  • 7तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।

  • 5(परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।

  • 4म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।

  • 1¶ यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।

  • एफिसी 5:6-8
    3 पदहरू
    71%

    6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।

    7यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।

    8किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।

  • 12अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।

  • 8सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।

  • 70%

    17जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।

    18तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।

  • 15यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।

  • 10हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।

  • 5तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ ।

  • 8पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो ।

  • 10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

  • एफिसी 4:22-23
    2 पदहरू
    69%

    22तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ ।

    23तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।

  • 14हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।

  • 13तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।

  • 26“रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।

  • 31सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ ।

  • 2किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् ।

  • 2बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।

  • 12किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन । तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ ।

  • 12कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।

  • 15बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस? यो काम नम्रता र आदरपूर्वक गर ।

  • 17तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।

  • 14त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।

  • 29तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।

  • 13अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।

  • 15म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।

  • 7हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।

  • 11यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।

  • 28उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।

  • 10परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।

  • 10परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।

  • 13उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ ।

  • 14हाम्रा मानिसहरू अत्यावश्‍यक खाँचाहरू पुरा गर्ने असल कामहरूमा आफैँ लाग्‍न सिक्‍नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।