दानिएल 10:21

अनलक शाब्दिक बाइबल

तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 10:13 : 13 तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्‍यो, र मलाई एक्‍काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।
  • यहू 1:9 : 9 तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”
  • प्रका 12:7 : 7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।
  • दानी 12:1 : 1 ¶ “त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् ।
  • दानी 12:4 : 4 तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।”
  • आमो 3:7 : 7 निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।
  • प्रेरि 15:15 : 15 यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
  • प्रेरि 15:18 : 18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ ।
  • यशा 41:22-23 : 22 तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् । तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्‍न सक्‍छौं । तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं । 23 भविष्यको बारेमा कुराहरू भन, ताकि तिमीहरू देवहरू हौ भनी हामी जान्‍न सकौं । कुनै असल वा खराब गर, ताकि हामी डराऔं वा प्रभावित बनौं ।
  • यशा 43:8-9 : 8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ । 9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्‍मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्‍टि गरून् ।
  • दानी 8:26 : 26 साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”
  • दानी 9:25 : 25 यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्‍म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ ।
  • दानी 11:1-9 : 1 ¶ मादी दाराको पहिलो वर्षमा, म आफैं मिखाएलको मदत र सुरक्षा गर्न आएँ । 2 अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ । 3 एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् । 4 तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ । 5 दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ र आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ । 6 केही वर्षपछि, ठिक समयमा, तिनीहरूले मित्रता कायम गर्नेछन् । सम्झौता पक्‍का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जान्छिन् । तर तिनको आफ्‍नो हातको बल कायम राख्‍न सक्‍नेछैनन्, न त उनले वा उनको हातले नै सक्‍नेछन् । तिनी र तिनलाई ल्‍याउनेहरू र तिनका पिता र ती समयमा तिनको समर्थन गर्ने सबै त्यागिनेछन् । 7 तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् । 8 उनले तिनीहरूका देवताहरू र तिनीहरूका ढलौटे फलामका मूर्तिहरू र सुन र चाँदीका बहुमुल्य भाँडाहरू मिश्रदेशमा लानेछन् । केही वर्षसम्‍म उनी उत्तरका राजाबाट टाढा रहनेछन् । 9 अनि उत्तरका राजाले दक्षिणको राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनि आफ्नै देशमा फर्कनेछन् । 10 तिनका छोराहरू तयार हुनेछन् र ठुलो सेनालाई भेला गर्नेछन् । त्यो निरन्‍तर अघि बढ्‍नेछ र बाढीले झैं हरेक कुरा बगाउनेछ । सबैलाई जित्‍दै त्‍यो उसको किल्लासम्मै पुग्‍नेछ । 11 तब दक्षिणको राजा धेरै क्रुद्ध हुनेछन् । तिनी जानेछन् र उत्तरको राजाको विरुद्धमा लडाइ गर्नेछन् । उत्तरको राजाले एउटा ठुलो सेना खडा गर्नेछन्, तर त्यो सेनालाई दक्षिणको राजाको हातमा दिइनेछ । 12 त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 10:16-20
    5 पदहरू
    86%

    16मानिसका पुत्रजस्‍तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्‍नो मुख खोलें र मेरो सामु हुनेसँग बात गरें, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन ।

    17म तपाईंको सेवक हुँ । कसरी म आफ्‍नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्‍दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।”

    18मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए ।

    19तिनले भने, “ए धेरै सम्‍मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस्! अब शाहसी होऊ, बलियो होऊ!” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।”

    20तिनले भने, “म तिमीकहाँ किन आएँ के तिमीलाई थाहा छ? म छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु । म गएपछि, ग्रीसका राजकुमार आउनेछन् ।

  • दानी 10:10-14
    5 पदहरू
    85%

    10मलाई एउटा हातले छोयो, र त्‍यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो ।

    11ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्‍मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सिधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा, थरथर काम्दै म उठें ।

    12अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।

    13तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्‍यो, र मलाई एक्‍काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।

    14तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”

  • दानी 12:1-2
    2 पदहरू
    76%

    1¶ “त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् ।

    2पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् ।

  • 7अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।

  • दानी 9:21-23
    3 पदहरू
    69%

    21मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।

    22उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्‍टि र समझ दिनलाई अहिले म आएको हुँ ।

    23तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।

  • दानी 11:1-3
    3 पदहरू
    68%

    1¶ मादी दाराको पहिलो वर्षमा, म आफैं मिखाएलको मदत र सुरक्षा गर्न आएँ ।

    2अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ ।

    3एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् ।

  • 9तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”

  • 11तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्‍डारेसँग दानिएलले कुरा गरे ।

  • 7म, दानिएल एक्‍लै त्यो दर्शन देखें, किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् । तपनि, तिनीहरूमा एउटा ठुलो त्रास पर्‍यो, र तिनीहरू आफू लुक्‍नलाई भागे ।

  • दानी 8:25-26
    2 पदहरू
    68%

    25आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।

    26साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”

  • दानी 8:19-20
    2 पदहरू
    67%

    19तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो ।

    20तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन् ।

  • 19तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • दानी 7:15-16
    2 पदहरू
    67%

    15म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु:खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।

    16त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें ।

  • 1¶ फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे ।

  • 21जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,

  • 11किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।

  • 5दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ र आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ ।

  • 24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

  • 30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।

  • 28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।

  • 8तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ ।

  • 15जब म, दानिएलले त्यो दर्शन देखें, तब मैले त्यो बुझ्ने कोसिस गरें । तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्‍थे ।

  • 22उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्‍ट हुनेछन् ।

  • 19त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,

  • 24अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो ।

  • 10तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो भविष्‍य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्‍ध राख्‍छ ।’

  • 13त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।

  • 3यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु ।

  • 9तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् ।