प्रकाशको पुस्तक 12:7
अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।
अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
9त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
10तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्ति, शक्ति, हाम्रा परमेश्वरको राज्य, ख्रीष्टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
11तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
12त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्कार! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।
13आफू पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले बालक जन्माउने स्त्रीलाई सतायो ।
14अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।
15त्यस स्त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो ।
16तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।
17त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
1¶ स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।
2त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्च्याइरहेकी थिई ।
3त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।
4त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।
5त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनतिर लगियो ।
6अनि त्यो स्त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
6त्यसैले, परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
7विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो ।
9तर प्रधान दूत मिखाएलले पनि दुष्टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”
9तिनीहरू पृथ्वीको चारैतिर गएर विश्वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो ।
21जसै मैले हेरें, त्यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्यो र तिनीहरूलाई पराजित गर्दै थियो,
1¶ “त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् ।
1¶ तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो ।
2उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
7जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ ।
4तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
7तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
12किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्टात्माहरूको विरूद्धमा हो ।
21तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन् ।”
14तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन् ।”
12तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।
19मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
20आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे ।
9तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
6तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।
14मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
1¶ त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
5तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
13तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्यो, र मलाई एक्काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।
2जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्च्याउँदै यसो भने,
1¶ तब मैले अर्को अचम्म र शक्तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पुरा भएको थियो ।
17मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्वरको ठुलो भोजका निम्ति भेला होओ ।
14किनकि तिनीहरू दुष्टका आत्माहरू थिए जसले आश्चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
10त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो ।
11अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे,
1¶ यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्ति थियो, र उनको महिमाद्वारा पृथ्वी उज्यालो भएको थियो ।
11तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।
11तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
2मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।
14आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।