दानिएल 11:45
उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
44तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ ।
15उत्तरका राजा आउनेछन्, र घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् र पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् । दक्षिणको शक्ति टिक्न सक्नेछैन, तिनीहरूका सर्वोत्कृष्ट सेना पनि टिक्न सक्दैन । खडा हुने शक्ति हुनेछैन ।
16बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।
17उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन ।
18यसपछि, उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ र तीमध्ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना कमान्डरले तिनको घमण्डको अन्त्य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् ।
19तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन्, तर तिनी ठेस खानेछन् र त्यो ढल्नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।
20तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्यको वैभवको निम्ति एक जना कर उठाउनेलाई घुसपैट गर्न लगाउनेछन् । तर केही दिनमा कुनै रिस वा युद्धविना नै तिनी टुक्रा-टुक्रा पारिनेछन् ।
21तिनको ठाउँमा एक जना तुच्छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् । ऊ अचानक आउनेछ र छल गरेर उसले राज्यलाई कब्जा गर्नेछ ।
22उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्ट हुनेछन् ।
23ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।
24कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।
25ऊ आफ्नो शक्ति र हृदयसहित ठुलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ । दक्षिणको राजाले ठुलो, र धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ, तर तिनको विरुद्धमा अरूले षड्यन्त्र गरेको कारणले गर्दा तिनी टिक्नेछैनन् ।
26तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्ये धेरै जना मारिनेछन् ।
27यी दुवै राजाहरू, आफ्नो हृदयमा एक-अर्काको विरुद्धमा दुष्टता लिएर, एउटै टेबिलमा बस्नेछन् र एक-अर्कालाई ढाँट्नेछन्, तर त्यो केही कामको हुनेछैन । किनभने तोकिएकै समयमा अन्त्य आउनेछ ।
28अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।
29तोकिएको समयमा ऊ फर्कनेछ र दक्षिणको विरुद्धमा खडा हुनेछ । तर यस पटक पहिलाको झैं हुनेछैन ।
30किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्नेहरूलाई उसले समर्थन गर्नेछ ।
31उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।
38यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ ।
39सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।
40अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ ।
41ऊ सुन्दारताको देशमा जानेछ, र दशौं हजार इस्राएलीहरू मर्नेछन् । तर त्यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसमद्ये बाँकी रहेकाहरू उम्कनेछन् ।
42उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।
23ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ ।
24उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।
25आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।
6केही वर्षपछि, ठिक समयमा, तिनीहरूले मित्रता कायम गर्नेछन् । सम्झौता पक्का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जान्छिन् । तर तिनको आफ्नो हातको बल कायम राख्न सक्नेछैनन्, न त उनले वा उनको हातले नै सक्नेछन् । तिनी र तिनलाई ल्याउनेहरू र तिनका पिता र ती समयमा तिनको समर्थन गर्ने सबै त्यागिनेछन् ।
7तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् ।
36राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्वरको विरुद्धमा उसले आश्चर्यलाग्दा कुराहरू भन्नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्नेछ ।
12त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।
13अनि उत्तरको राजाले पहिलेको धेरै भन्दा शक्तिशाली अर्को सेना खडा गर्नेछन् । केही वर्षपछि, उत्तरका राजा निश्चय नै शक्तिशाली सेनाका साथमा धेरै हतियारका साथमा आउनेछन् ।
8उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
26तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्नेछन् ।
4त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ ।
3एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् ।
4तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ ।
26बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
27एउटा सातको निम्ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्यक्ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्यक्तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
32त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्का हल्लाउनेछ ।
6“हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्यहाँ हाम्रा राजा बनाऔं ।”
25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्नेछन्, तर त्यहाँ केही हुनेछैन ।
11यसैकारण, परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”
6उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
12त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।
4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
7उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
10तिनका छोराहरू तयार हुनेछन् र ठुलो सेनालाई भेला गर्नेछन् । त्यो निरन्तर अघि बढ्नेछ र बाढीले झैं हरेक कुरा बगाउनेछ । सबैलाई जित्दै त्यो उसको किल्लासम्मै पुग्नेछ ।
12तेरा किल्लाहरूका अग्ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्नुहुनेछ ।
9तेरो पर्खालमा हिर्काउनलाई त्यसले मूढाहरू राख्नेछ, र त्यसका हतियारले तेरा धरहराहरू ढाल्नेछ ।
9तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो ।