भजनसंग्रह 72:8

अनलक शाब्दिक बाइबल

उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 9:10 : 10 अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!
  • निर्ग 23:31 : 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
  • भजन 2:8 : 8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
  • भजन 80:11 : 11 यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
  • भजन 89:25 : 25 म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु ।
  • भजन 89:36 : 36 त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।
  • प्रका 11:15 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
  • भजन 22:27-28 : 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् । 28 किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।
  • १ राजा 4:21-24 : 21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे । 22 सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न, 23 पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए । 24 किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 72:9-11
    3 पदहरू
    80%

    9उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।

    10तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।

    11वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।

  • भजन 72:5-7
    3 पदहरू
    78%

    5सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।

    6काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।

    7उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।

  • 10अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!

  • 8मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।

  • 25म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु ।

  • 7परमेश्‍वरले हामीलाई आशिष्‌‌‌ दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।

  • भजन 72:15-17
    3 पदहरू
    73%

    15उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् ।

    16देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।

    17उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।

  • 4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।

  • 2परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस् ।

  • 12त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।

  • भजन 22:27-28
    2 पदहरू
    72%

    27पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।

    28किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।

  • 8हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।

  • 6तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्‍नुभएको छः

  • 16परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्‍छन् ।

  • 18परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।”

  • 11तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।

  • 6उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।

  • 22हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।

  • 10परमप्रभुको विरोध गर्नेहरू टुक्रा-टुक्रा हुने छन् । तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ । परमप्रभुले पृथ्वीको अन्‍तसम्म नै न्याय गर्नुहुनेछ । उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ र आफ्नो अभिषिक्‍तको सीङ उच्‍च पार्नुहुनेछ ।

  • 7उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला

  • 3उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।

  • 24किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे ।

  • 36त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।

  • 33उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।

  • 45उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।

  • 2“प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्‍नो उच्‍च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ ।

  • 29धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन् ।

  • 24तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।

  • 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

  • 7दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।

  • 19उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।

  • 6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।

  • 3पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।

  • 8उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।

  • 7किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।

  • 8परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ । परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।

  • 25किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।

  • दानी 7:26-27
    2 पदहरू
    70%

    26तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।

    27राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’

  • 8तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्‍जतदार मानिस त्‍यसमा बसोबास गर्नुभए पनि,

  • 1¶ हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् ।

  • 7तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन् । तिनीहरूका राजा अगागभन्दा उच्‍च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ ।

  • 9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।