दानिएल 2:22

अनलक शाब्दिक बाइबल

उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 12:22 : 22 उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।
  • इब्रा 4:13 : 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
  • याक 1:17 : 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
  • भजन 25:14 : 14 परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।
  • यिर्मि 23:24 : 24 के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
  • १ यूह 1:5 : 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
  • दानी 5:11 : 11 हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।
  • दानी 5:14 : 14 देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।
  • अय्यू 26:6 : 6 परमेश्‍वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन ।
  • भजन 139:11-12 : 11 मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,” 12 तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
  • १ तिमो 6:16 : 16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमिन ।
  • भजन 36:9 : 9 किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं ।
  • भजन 104:2 : 2 तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
  • दानी 2:11 : 11 महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”
  • दानी 2:28-29 : 28 तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए । 29 महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।
  • यशा 41:22 : 22 तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् । तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्‍न सक्‍छौं । तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं ।
  • यशा 41:26 : 26 यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।
  • यशा 42:9 : 9 हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्‍नेछु ।”
  • यशा 45:7 : 7 म नै ज्योति बनाउँछु र अन्धकारको सृष्‍टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
  • उत्प 37:5-9 : 5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 6 उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् । 7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ” 8 उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”
  • उत्प 41:16 : 16 योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।”
  • उत्प 41:25-28 : 25 योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ । 26 सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् । 27 तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् । 28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
  • मत्त 13:13 : 13 त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
  • लू 12:2-3 : 2 तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् । 3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।
  • यूह 1:9 : 9 उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्‍य ज्‍योति हुनुहुन्थ्यो ।
  • यूह 8:12 : 12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
  • यूह 12:45-46 : 45 र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।” 46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
  • यूह 21:17 : 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
  • रोमी 16:25-26 : 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ, 26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्‍त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ,
  • १ कोरि 2:9-9 : 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।” 10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ । 11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।
  • १ कोरि 4:5 : 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
  • एफिसी 3:5 : 5 यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।

  • दानी 2:19-21
    3 पदहरू
    78%

    19त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,

    20र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।

    21उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ । उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।

  • भजन 139:11-12
    2 पदहरू
    76%

    11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”

    12तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।

  • 3एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्‍धकारमा, पल्‍लो छेउसम्‍म खानिजको खोजी गर्छ ।

  • दानी 2:28-30
    3 पदहरू
    75%

    28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।

    29महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।

    30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।

  • 23हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”

  • 19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

  • अय्यू 22:13-14
    2 पदहरू
    73%

    13तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र?

    14उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ ।'

  • 13परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।

  • 3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

  • 10परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।

  • अय्यू 28:11-12
    2 पदहरू
    72%

    11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।

    12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?

  • 27तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो ।

  • 3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

  • 11अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।

  • 23कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।

  • 15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”

  • 6उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।

  • 14देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।

  • 3तँ आफैलाई दानिएलभन्‍दा पनि बुद्धिमान्‌ होस् र कुनै गुप्‍त कुराले तँलाई छक्‍क पार्दैन भनी सम्झन्छस् ।

  • 3अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।

  • 10उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।

  • 6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।

  • 11महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”

  • 13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।

  • 32उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।

  • 16उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन् ।

  • 22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।

  • 30हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ ।

  • 17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।

  • 28तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ । तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ ।

  • 28तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।

  • 47राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”

  • 11अन्धकार र आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।

  • 29किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।

  • 3के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?

  • 12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।

  • 12तब सोलोमनले भने, “परमप्रभु बाक्लो बादलमा बस्नुहुनेथियो भनी उहाँले भन्नुभएको थियो,

  • 16के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो?

  • 2कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।

  • 32त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।

  • 22मध्यरात जस्‍तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ ।’”