दानिएल 2:40

अनलक शाब्दिक बाइबल

त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 7:7 : 7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
  • दानी 11:36-45 : 36 राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ । 37 आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ । 38 यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्‍ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ । 39 सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ । 40 अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ । 41 ऊ सुन्दारताको देशमा जानेछ, र दशौं हजार इस्राएलीहरू मर्नेछन् । तर त्यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसमद्‍ये बाँकी रहेकाहरू उम्‍कनेछन् । 42 उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन । 43 सुन र चाँदीका, र मिश्रदेशका सारा धन-सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् । 44 तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ । 45 उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
  • आमो 1:3 : 3 परमप्रभु यसो भन्‍नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।
  • यूह 11:48 : 48 यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”
  • यिर्मि 15:12 : 12 के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?
  • दानी 2:33 : 33 र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।
  • दानी 7:19-26 : 19 अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो । 20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो । 21 जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो, 22 जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे । 23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ । 24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ । 25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ । 26 तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।
  • दानी 8:24 : 24 उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।
  • दानी 9:26 : 26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 2:41-45
    5 पदहरू
    86%

    41जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो ।

    42जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।

    43जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन ।

    44ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।

    45जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”

  • दानी 2:31-39
    9 पदहरू
    83%

    31महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्‍दो थियो ।

    32त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,

    33र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।

    34हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो ।

    35तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।

    36हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।

    37महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।

    38मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।

    39हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।

  • दानी 7:23-24
    2 पदहरू
    82%

    23ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।

    24दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।

  • दानी 8:22-24
    3 पदहरू
    79%

    22अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन ।

    23ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ ।

    24उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।

  • दानी 7:17-20
    4 पदहरू
    79%

    17‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।

    18तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’

    19अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो ।

    20त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।

  • दानी 7:6-7
    2 पदहरू
    76%

    6यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।

    7त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।

  • 9तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”

  • दानी 11:2-5
    4 पदहरू
    74%

    2अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ ।

    3एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् ।

    4तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ ।

    5दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ र आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ ।

  • 27कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।

  • दानी 4:22-26
    5 पदहरू
    71%

    22हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।

    23हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’

    24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

    25हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।

    26रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।

  • 12के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?

  • 13ए सियोनकी छोरी उठ्‍ र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”

  • दानी 4:31-32
    2 पदहरू
    70%

    31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।

    32तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।”

  • दानी 11:39-40
    2 पदहरू
    69%

    39सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।

    40अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ ।

  • 14राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।

  • दानी 7:26-27
    2 पदहरू
    68%

    26तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।

    27राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’

  • 4पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।

  • 15तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् ।

  • 14किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”

  • 18त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।

  • 8तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए ।