अय्यूब 40:18
त्यसका हड्डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
त्यसका हड्डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।
16हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
17त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।
21त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
22त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
23त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्टाउन सकिंदैन ।
24त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
26तरवारले त्यसलाई हान्ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्चे हतियारले त्यसलाई केही हुन्छ ।
27त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्छ ।
28काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
19परमेश्वरका सृष्टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्वरले मात्र त्यसलाई पराजित गर्न सक्नुहुन्छ ।
12के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?
32त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,
33र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।
2फलामलाई जमिनबाट बाहिर निकालिन्छ । धातु पगालेर तामा निकालिन्छ ।
24त्यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
14त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्छ, जुन त्रासदी हो ।
15तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्द छापझैं एकसाथ जोडिएका हुन्छन् ।
7के तैंले त्यसको छालामा चक्कु हान्न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्न सक्छस्?
20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।
21त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
25तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्जेसम्म तिम्रो सुरक्षा हुने छ ।
6उसको खुट्टामा काँसाको झिलम थियो र त्यसको कुमहरूको बिचमा भाला थियो ।
24उसको शरीर ह्रष्टपुष्ट हुन्छ, र उसको हड्डीहरूको मासी ताजा हुन्छ ।
30त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्छ ।
16किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
21उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
26यो दुष्ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्वरलाई आक्रमण गर्न दौडन्छ ।
33उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्च ठाउँहरूमा राख्नुहुन्छ ।
34युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।
19मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
12के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?
14उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन् ।
15उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन् । उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ ।
19त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
11उसका हड्डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्नेछन् ।
34उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्च स्थानहरूमा राख्नुहुन्छ ।
35उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
20त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्नुहुन्छ, तिमध्ये एउटा पनि भाँचिनेछैन ।
23काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।
10सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।
4किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,
12उसको धन-सम्पत्तिले भोकमा पुर्याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
13उसको शरीरका अंगहरू नष्ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
14उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्टिनुहुन्छ ।
18तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,
40त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।
13मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।