अय्यूब 41:7

अनलक शाब्दिक बाइबल

के तैंले त्यसको छालामा चक्‍कु हान्‍न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्‍न सक्छस्?

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 41:1-6
    6 पदहरू
    85%

    1¶ के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस्?

    2के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्‍यसको बङ्गारा छेड्न सक्छस्?

    3के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?

    4के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्‍यसलाई कमारो बनाउनुपर्छ?

    5तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् र?

    6के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन्? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन्?

  • अय्यू 41:8-10
    3 पदहरू
    78%

    8एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राख्, अनि तँलाई त्‍यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।

    9हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्‍नेछैनन् र?

    10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?

  • 24के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?

  • अय्यू 41:26-31
    6 पदहरू
    73%

    26तरवारले त्यसलाई हान्‍ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्‍चे हतियारले त्यसलाई केही हुन्‍छ ।

    27त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्‍छ ।

    28काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।

    29मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।

    30त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्‍छ ।

    31त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।

  • अय्यू 41:13-15
    3 पदहरू
    73%

    13त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? ढाल जस्‍तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ?

    14त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्‍छ, जुन त्रासदी हो ।

    15तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्‍द छापझैं एकसाथ जोडिएका हुन्‍छन् ।

  • 39के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्,

  • अय्यू 40:17-19
    3 पदहरू
    72%

    17त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।

    18त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।

    19परमेश्‍वरका सृष्‍टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्‍वरले मात्र त्यसलाई पराजित गर्न सक्‍नुहुन्छ ।

  • 23काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।

  • 20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्‍छ ।

  • 4किनभने म तेरो बङ्गारामा बल्‍छी लगाउनेछु, र तेरै कत्‍लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्‍लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्‍नेछु ।

  • हब 1:14-15
    2 पदहरू
    71%

    14तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।

    15त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।

  • अय्यू 20:24-25
    2 पदहरू
    71%

    24त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।

    25आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।

  • अय्यू 40:8-9
    2 पदहरू
    71%

    8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

    9के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?

  • 12तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?

  • अय्यू 39:10-11
    2 पदहरू
    70%

    10वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन्? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्‍नेछ?

    11त्यसको बल अत्‍याधिक हुनाले त्यसमा तँ भर पर्छस् र? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस्?

  • 17के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”

  • 14तपाईंले लिव्यातन्‌को शिर कुच्‍याउनुभयो । तपाईंले त्यसलाई उजास्‍थानमा बस्‍नेहरूलाई खुवाउनुभयो ।

  • 13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।

  • 1¶ त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।

  • 16के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्?

  • 23त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्‍टाउन सकिंदैन ।

  • 11तपाईंले मलाई छाला र मासुले ढाक्‍नुभएको छ, अनि हड्‍डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको छ ।

  • 34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

  • 13उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।

  • 12आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।

  • 12के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?

  • 23वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।

  • 4सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।

  • 4झाडीको भुङ्‍ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।

  • 18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?