दानिएल 2:45

अनलक शाब्दिक बाइबल

जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 28:16 : 16 यसकारण परमप्रभु परमेश्‍वर भन्‍नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्‍य कुनेढुङ्गा, एउटा बलयो जग राख्‍नेछु । जसले विश्‍वास गर्छ ऊ लाजमा पर्नेछैन ।
  • यिर्मि 32:18-19 : 18 हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो । 19 तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।
  • भजन 48:1 : 1 ¶ परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ ।
  • उत्प 41:28 : 28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
  • उत्प 41:32 : 32 फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।
  • व्यव 10:17 : 17 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।
  • २ शमू 7:22 : 22 यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।
  • मल 1:11 : 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 21:24 : 24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।
  • मत्त 24:35 : 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
  • लू 17:20 : 20 फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
  • २ कोरि 10:4-5 : 4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् । 5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।
  • प्रका 1:19 : 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
  • प्रका 4:1 : 1 ¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
  • प्रका 19:17 : 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ ।
  • १ इति 16:25 : 25 किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।
  • नहे 4:14 : 14 तब मैले हेरेँ, र खडा भएर अधिकारीहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिनीहरूदेखि नडराओ । प्रभुलाई सम्झनुहोस् जो महान् र भययोग्य हुनुहुन्छ । आ-आफ्ना परिवाहरू, छोराछोरीहरू, पत्‍नीहरू र घरहरूका लागि लड्नुहोस् ।”
  • नहे 9:32 : 32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
  • अय्यू 36:26 : 26 हेर्नुहोस्, परमेश्‍वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं । उहाँका वर्षहरूको सङ्ख्‍याको गणना गर्न सकिंदैन ।
  • भजन 96:4 : 4 किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।
  • भजन 135:5 : 5 परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
  • भजन 145:3 : 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।
  • दानी 2:24 : 24 त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
  • दानी 2:34-35 : 34 हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो । 35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।
  • दानी 2:44 : 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
  • जक 12:3 : 3 त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 2:28-44
    17 पदहरू
    87%

    28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।

    29महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।

    30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।

    31महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्‍दो थियो ।

    32त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,

    33र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।

    34हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो ।

    35तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।

    36हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।

    37महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।

    38मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।

    39हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।

    40त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।

    41जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो ।

    42जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।

    43जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन ।

    44ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।

  • दानी 4:17-20
    4 पदहरू
    78%

    17यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’

    18म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”

    19तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।

    20हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,

  • दानी 4:22-24
    3 पदहरू
    77%

    22हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।

    23हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’

    24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

  • दानी 2:25-26
    2 पदहरू
    75%

    25त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”

    26राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”

  • दानी 2:5-6
    2 पदहरू
    74%

    5राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् ।

    6तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।”

  • दानी 5:5-6
    2 पदहरू
    74%

    5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।

    6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले ।

  • 24अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो ।

  • दानी 4:9-10
    2 पदहरू
    74%

    9“ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।

    10म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।

  • 23ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।

  • 31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।

  • दानी 2:46-47
    2 पदहरू
    73%

    46राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।

    47राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”

  • 19अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो ।

  • दानी 2:8-9
    2 पदहरू
    73%

    8राजाले जवाफ दिए, “मलाई यो निश्‍चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ।

    9तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।”

  • 26रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।

  • दानी 4:5-6
    2 पदहरू
    72%

    5तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।

    6यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् ।

  • दानी 8:22-23
    2 पदहरू
    72%

    22अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन ।

    23ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ ।

  • 17‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।

  • 11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।

  • 19त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,

  • 17खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए ।

  • 26साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”