दानिएल 3:7
यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्पसार भए ।
यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्पसार भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ नबूकदनेसर राजाले तिस मिटर अग्लो र तिन मिटर चौडा एउटा सुनको मूर्ति बनाए । तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे ।
2त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र सबै उच्च पदस्त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए ।
3तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र सबै उच्च पदस्त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए ।
4तब उद्घोषकले ठुलो सोरले कराएर भन्यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्ने, तपाईंहरूलाई यो हुकुम छ,
5कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्पसार हुनुपर्छ ।
6जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ ।”
8यति बेला केही कल्दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए ।
9तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून्!
10हजुर महाराजाले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने सबै मानिसहरू घोप्टो हुनुपर्छ र त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको छ ।
11जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई त्यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ ।
12यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्दैनन् ।”
13त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।
14नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्पसार नपार्ने निर्णय गरेका छौ?
15अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै घोप्टो पर्यौ र मैले बनाएको मूर्तिको सामु लम्पसार पर्यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्छ?”
16शद्रक, मेशक, र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।
17त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्न सक्नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
18तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्पसार पार्नेछैनौं ।”
19तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए ।
20तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्नगोलाई बाँध्न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।
46राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।
26अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्नगो, अति उच्च, परमेश्वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्नगो आगोबाट बाहिर आए ।
27त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन ।
28नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्वास गरे, र आफ्ना परमेश्वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।
29त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको विरुद्ध बोल्ने कुनै जाति, राष्ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्ने अरू कुनै देवता छैन ।”
30त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमा पदोन्ननि गरिदिए ।
2जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्नीहरू र उप-पत्नीहरूले पिउन सकून् ।
3यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्नीहरू र उप-पत्नीहरूले ती भाँडाहरूबाट पिए ।
4तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्ना मूर्तिहरूको प्रशंसा गरे ।
5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्यसको केही भाग देख्न सक्थे ।
6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्किन थाले ।
22राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्यो ।
23यी तिन मानिस, शद्रक, मेशक, र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।
24अनि राजा नबूकदनेसर आश्चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्चय नै महाराजा ।”
1¶ नबूकदनेसर राजाले पृथ्वीमा बस्ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् ।
28यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।
31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।
28सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्जेल निरन्तर जारी रह्यो ।
29जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्टो परे र आराधना गरे ।
18तिनीहरूलाई हाजिर गराउनलाई राजाले दिएका समयको अन्तमा, प्रमुख अधिकारीले तिनीहरूलाई भित्र नबूकदनेसरको सामु लगे ।
19राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।
7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।
23हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्नीहरू, र उप-पत्नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्नुहुने परमेश्वरलाई हजुरले आदर गर्नुभएको छैन ।
37अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्नुहुन्छ ।
28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्दूक ल्याए ।
7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।
1¶ यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।
2परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्वरको मन्दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।
7राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।
19परमेश्वरले उहाँलाई दिनुभएको महान्ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्छा गर्नुभयो, त्यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्ने इच्छा गर्नुभयो, त्यसलाई उहाँले जीवित राख्नुभयो । जसलाई उहाँले चाहनुभयो त्यसलाई उचाल्नुभयो, र जसलाई उहाँले इच्छा गर्नुभयो त्यसलाई उहाँले होच्याउनुभयो ।
2त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान् मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्ने उनको इच्छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।