दानिएल 4:19

अनलक शाब्दिक बाइबल

तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 7:28 : 28 कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”
  • दानी 8:27 : 27 अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।
  • दानी 10:16-17 : 16 मानिसका पुत्रजस्‍तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्‍नो मुख खोलें र मेरो सामु हुनेसँग बात गरें, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन । 17 म तपाईंको सेवक हुँ । कसरी म आफ्‍नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्‍दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।”
  • १ शमू 3:17 : 17 तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् ।”
  • २ शमू 18:31-32 : 31 कूशी पनि तुरुन्तै आइपुगे र भने, “मेरो मालिक महाराजालाई असल खबर छ, किनकि परमप्रभुले आज तपाईंको विरुद्ध खडा हुने सबैलाई बदला लिनुभएको छ ।” 32 त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।”
  • यिर्मि 4:19 : 19 ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
  • दानी 4:4-5 : 4 म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ । 5 तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।
  • दानी 4:24 : 24 हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।
  • दानी 5:12 : 12 यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”
  • दानी 7:15 : 15 म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु:खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।
  • दानी 4:8-9 : 8 तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ । 9 “ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।
  • यिर्मि 29:7 : 7 मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ ।'
  • दानी 1:7 : 7 प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए: दानिएललाई तिनले बेलतसजर भने, हनन्याहलाई तिनले शद्रक भने, मीशाएललाई तिनले मेशक भने र अजर्याहलाई तिनले अबेद्‍नगो भने ।
  • दानी 2:26 : 26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”
  • १ राजा 18:7 : 7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र?”
  • १ शमू 24:8 : 8 पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।
  • १ शमू 26:15 : 15 दाऊदले अबनेरलाई भने, “के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो ।
  • उत्प 31:35 : 35 उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला । म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन् ।
  • उत्प 32:4-5 : 4 तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो । 5 मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”
  • उत्प 32:18 : 18 तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”
  • निर्ग 32:32 : 32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस् । क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस् ।”
  • १ शमू 1:15 : 15 हन्‍नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्‍मा भएको स्‍त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु ।
  • हब 3:10 : 10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”

  • दानी 2:24-31
    8 पदहरू
    81%

    24त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”

    25त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”

    26राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”

    27दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन् ।

    28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।

    29महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।

    30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।

    31महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्‍दो थियो ।

  • दानी 4:5-10
    6 पदहरू
    81%

    5तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।

    6यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् ।

    7त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् ।

    8तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ ।

    9“ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।

    10म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।

  • दानी 5:8-12
    5 पदहरू
    79%

    8अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन् ।

    9अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए ।

    10राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् । रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् । हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस् ।

    11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।

    12यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”

  • 6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले ।

  • दानी 2:3-7
    5 पदहरू
    76%

    3राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।”

    4तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं ।”

    5राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् ।

    6तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।”

    7तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं ।”

  • दानी 4:23-24
    2 पदहरू
    76%

    23हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’

    24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

  • 1¶ नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् ।

  • 36हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।

  • 9तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।”

  • 1¶ बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः

  • दानी 5:15-17
    3 पदहरू
    73%

    15बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन् ।

    16तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।”

    17तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु ।

  • 16त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।

  • 19त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,

  • 15म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु:खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।

  • 31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।

  • 20हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,

  • दानी 8:26-27
    2 पदहरू
    73%

    26साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”

    27अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।

  • 1¶ फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे ।

  • 45जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”

  • 14जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे ।

  • 28यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।

  • दानी 1:10-11
    2 पदहरू
    71%

    10प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्‍ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्‍ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”

    11तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्‍डारेसँग दानिएलले कुरा गरे ।

  • 19राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।

  • 30त्यही रात बेबिलोनका राजा बेलसजर मारिए,