दानिएल 6:13

अनलक शाब्दिक बाइबल

तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्‍वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 2:25 : 25 त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”
  • दानी 3:12 : 12 यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्‍नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन् ।”
  • दानी 5:13 : 13 तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो ।
  • एस्थ 3:8 : 8 तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन ।
  • दानी 1:6 : 6 यहूदाका ती मानिसमध्‍ये कोही दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए ।
  • प्रेरि 5:29 : 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।
  • प्रेरि 17:7 : 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 6:4-12
    9 पदहरू
    87%

    4अनि अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्‍वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन ।

    5अनि यी मानिसहरूले भने, “आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।”

    6अनि यी मुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए । तिनीहरूले उनलाई भने, “महाराजा दारा, हजुर दिर्घायु हुनुहोस्!

    7राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्‍नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।

    8अनि राजाले एउटा उर्दि निकाले र कागजातमा दस्तखत गरे, ताकि मादी र फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस्, यसरी त्‍यसलाई हेरफेर गर्न सकिन्‍न ।”

    9यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए ।

    10कागजातमा ऐन बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए (यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए), र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्‍यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्‍वरलाई धन्यवाद दिए ।

    11अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।

    12तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्‍चित छ, र यो हेरफेर हुन सक्दैन ।”

  • दानी 6:14-17
    4 पदहरू
    81%

    14जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे ।

    15त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।”

    16अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।”

    17खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए ।

  • 13तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो ।

  • दानी 2:15-18
    4 पदहरू
    77%

    15दानिएलले राजाका कमान्‍डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए ।

    16त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।

    17त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए ।

    18यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।

  • दानी 3:12-14
    3 पदहरू
    77%

    12यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्‍नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन् ।”

    13त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।

    14नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्‍नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार नपार्ने निर्णय गरेका छौ?

  • दानी 6:19-21
    3 पदहरू
    76%

    19अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए ।

    20जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?”

    21अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्!

  • 17तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु ।

  • दानी 6:26-28
    3 पदहरू
    75%

    26म अब यो एउटा उर्दि जारी गर्छु, कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्‍वरको भय मान्‍नू र आदर गर्नू, किनभने उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्‍ट हुनेछैन, र उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ ।

    27उहाँले हामीलाई सुरक्षित राख्‍नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्‍चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको छ ।”

    28यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो ।

  • 8तर दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्‍छा गरे । यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे ।

  • दानी 1:10-11
    2 पदहरू
    74%

    10प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्‍ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्‍ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”

    11तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्‍डारेसँग दानिएलले कुरा गरे ।

  • दानी 6:1-2
    2 पदहरू
    74%

    1¶ दारालाई १२० जना प्रान्‍तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो, जसले सारा राज्यभरि शासन गर्नेछन् ।

    2तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो ।

  • 19राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।

  • दानी 3:28-29
    2 पदहरू
    74%

    28नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे, र आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।

    29त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन ।”

  • दानी 2:24-27
    4 पदहरू
    74%

    24त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”

    25त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”

    26राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”

    27दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन् ।

  • दानी 6:23-24
    2 पदहरू
    74%

    23अनि राजा अत्‍यन्‍तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए ।

    24राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू, तिनका छोराछोरी, र तिनका पत्‍नीहरूलाई सिंहहरूको खोरमा फालिदिए । तिनीहरू भुइँमा पुग्‍न नपाउँदै, सिंहहरूले तिनीहरूमाथि झम्टे, र तिनीहरूका हड्‍डीहरूलाई टुक्रा टुक्रा पारे ।

  • 49दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।

  • 16शद्रक, मेशक, र अबेद्‍नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।

  • 13यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।

  • 10यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।

  • दानी 2:46-47
    2 पदहरू
    73%

    46राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।

    47राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”

  • 6यहूदाका ती मानिसमध्‍ये कोही दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए ।

  • 18तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्‍पसार पार्नेछैनौं ।”