दानिएल 6:26

अनलक शाब्दिक बाइबल

म अब यो एउटा उर्दि जारी गर्छु, कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्‍वरको भय मान्‍नू र आदर गर्नू, किनभने उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्‍ट हुनेछैन, र उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 4:34 : 34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
  • दानी 3:29 : 29 त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन ।”
  • दानी 4:3 : 3 उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।
  • दानी 2:44 : 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
  • भजन 99:1-3 : 1 ¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् । 2 परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ । 3 तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
  • दानी 7:14 : 14 राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
  • लू 1:33 : 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
  • दानी 7:27 : 27 राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’
  • हो 1:10 : 10 तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्‍न वा गन्‍न सकिंदैन । त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ ।’
  • मल 3:6 : 6 “किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ ।
  • रोमी 9:26 : 26 र त्यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।”
  • एज्रा 6:8-9 : 8 परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू । 9 तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू । 10 यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् । 11 कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् । 12 त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”
  • एज्रा 7:12-13 : 12 “राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई, 13 इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्‍यक्‍ति आफ्‍ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु।
  • भजन 2:11 : 11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
  • भजन 29:10 : 10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
  • भजन 93:1-2 : 1 ¶ परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न । 2 प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
  • यिर्मि 10:10 : 10 तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
  • व्यव 5:26 : 26 किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला?
  • १ शमू 17:26 : 26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
  • १ शमू 17:36 : 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”
  • दानी 6:20 : 20 जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?”
  • भजन 119:120 : 120 तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ । ऐयिन
  • भजन 145:12-13 : 12 तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् । 13 तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
  • भजन 146:10 : 10 परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
  • यशा 9:7 : 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
  • यशा 66:2 : 2 यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
  • १ थेस 1:9 : 9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।
  • इब्रा 6:17-18 : 17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो । 18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ ।
  • इब्रा 12:29 : 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
  • याक 1:17 : 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
  • प्रका 4:10 : 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
  • प्रका 5:14 : 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
  • प्रका 11:15 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
  • मत्त 6:13 : 13 र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
  • लू 12:5 : 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
  • प्रेरि 17:25 : 25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 6:5-9
    5 पदहरू
    79%

    5अनि यी मानिसहरूले भने, “आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।”

    6अनि यी मुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए । तिनीहरूले उनलाई भने, “महाराजा दारा, हजुर दिर्घायु हुनुहोस्!

    7राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्‍नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।

    8अनि राजाले एउटा उर्दि निकाले र कागजातमा दस्तखत गरे, ताकि मादी र फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस्, यसरी त्‍यसलाई हेरफेर गर्न सकिन्‍न ।”

    9यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए ।

  • दानी 6:27-28
    2 पदहरू
    77%

    27उहाँले हामीलाई सुरक्षित राख्‍नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्‍चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको छ ।”

    28यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो ।

  • दानी 7:26-27
    2 पदहरू
    77%

    26तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।

    27राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’

  • दानी 6:20-25
    6 पदहरू
    77%

    20जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?”

    21अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्!

    22मेरा परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।”

    23अनि राजा अत्‍यन्‍तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए ।

    24राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू, तिनका छोराछोरी, र तिनका पत्‍नीहरूलाई सिंहहरूको खोरमा फालिदिए । तिनीहरू भुइँमा पुग्‍न नपाउँदै, सिंहहरूले तिनीहरूमाथि झम्टे, र तिनीहरूका हड्‍डीहरूलाई टुक्रा टुक्रा पारे ।

    25त्‍यसपछि राजा दाराले पृथ्वीमा बस्‍ने सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूलाई यस्तो लेखे: “तिमीहरूमा प्रशस्त शान्ति होस् ।

  • दानी 6:11-17
    7 पदहरू
    77%

    11अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।

    12तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्‍चित छ, र यो हेरफेर हुन सक्दैन ।”

    13तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्‍वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।”

    14जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे ।

    15त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।”

    16अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।”

    17खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए ।

  • 14राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।

  • दानी 4:34-35
    2 पदहरू
    76%

    34ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।

    35सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”

  • दानी 3:28-29
    2 पदहरू
    76%

    28नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे, र आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।

    29त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन ।”

  • 20र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।

  • 47राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”

  • एज्रा 6:11-12
    2 पदहरू
    75%

    11कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् ।

    12त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”

  • दानी 5:18-19
    2 पदहरू
    74%

    18हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।

    19परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।

  • 3उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।

  • 17यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’

  • 37महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।

  • दानी 2:44-45
    2 पदहरू
    73%

    44ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।

    45जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”

  • 24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

  • 36राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ ।

  • 22हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।

  • 26रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।

  • 31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।

  • 28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।

  • दानी 6:1-2
    2 पदहरू
    71%

    1¶ दारालाई १२० जना प्रान्‍तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो, जसले सारा राज्यभरि शासन गर्नेछन् ।

    2तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो ।

  • 10तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।

  • 3एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् ।

  • 11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।

  • 6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले ।