व्यवस्थाविवरण 13:15
तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्ट पार्नू ।
तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्ट पार्नू ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,
13र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।
14तर स्त्री, बालबच्चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
15तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।
16परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्नू ।
17बरु, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिनू ।
16तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् ।
17विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।
21तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।
3अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।”
11तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए ।
12यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्ट पारे ।
2तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्नू, र तिनीहरूलाई कृपा नदेखाउनू ।
14तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्का गर्यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।
11“यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्त्रीलाई मार्नू ।”
6हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्त्रीहरूसाथै स-साना बालबच्चालाई पूर्ण रूपमा नष्ट पार्यौँ ।
52तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्च स्थानहरू नष्ट पार्नुपर्छ ।
19किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।”
14इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् ।
8तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।
5मैले सुनिरहँदा उहाँले अरूलाई भन्नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,
6वृद्ध मानिस, जवान मानिस, कन्या, साना बालकहरू र स्त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्थानदेखि नै सुरु गर ।” यसैले मन्दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
7उहाँले तिनीहरूलाई भन्नुभयो, “मन्दिर बिटुलो पार, र त्यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।
2जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू, डाँडाहरू र हरेक हरियो रुखमुनि पुजा गर्ने तिनीहरूका देवताहरूलाई निश्चय नै नष्ट पारिदिनू ।
3तिनीहरूका वेदीहरू भत्काइदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू । खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू र त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू ।
39तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।
37तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्ट पारे ।
9बरु, त्यसलाई निश्चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
35र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्ट पारे ।
14म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।
15भेट्टाइएका हरेक व्यक्तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्यक्ति तरवारले मर्नेछ ।
26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।
8जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु ।
12परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बस्न दिनुहुने कुनै पनि सहरमा
16परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ ।
34त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्त्रीहरू अनि बालबच्चाहरूलाई पूर्ण रूपले नष्ट पार्यौँ । एउटै पनि बाँचेन ।
4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्ट पार्नुभएझैँ तिनीहरूलाई नष्ट पार्नुहुने छ ।
5तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।
10तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।
21“मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।
11तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।
18र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'
17अथवा मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ र यसो भनें, 'ए तरवार, देशभरि जा र त्यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।'
6किनकि म यस सहरका बासिन्दाहरू, मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु । भयङ्कर रुढीले तिनीहरू मर्नेछन् ।
15घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन् । खेतमा हुनेहरू तरवारले मारिनेछन्, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्ट हुनेछन् ।
17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।
1¶ परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नष्ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्ने छौ ।
23तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ ।