यिर्मिया 50:21

अनलक शाब्दिक बाइबल

“मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 23:23 : 23 बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।
  • गिन 31:14-18 : 14 तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए । 15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको? 16 हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए । 17 अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार । 18 तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।
  • १ शमू 15:3 : 3 अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्‍त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।”
  • १ शमू 15:11-24 : 11 “शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे । 12 शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।” 13 तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस्! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।” 14 शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?” 15 शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।” 16 तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।” 17 शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो, 18 र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।' 19 तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?” 20 तब शाऊलले शमूएललाई भने, “मैले साँच्‍चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु । 21 तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्‍वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू, भेडाहरू र गोरुहरू जस्ता केही लुटका मालहरू लिए ।” 22 शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो । 23 किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ । 24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।
  • २ शमू 16:11 : 11 त्यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।
  • २ राजा 18:25 : 25 के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”
  • २ इति 36:23 : 23 “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”
  • यशा 10:6 : 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
  • यशा 44:28 : 28 कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”
  • यशा 48:14 : 14 तिमीहरू सबैले आफूलाई भेला पार र सुन! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने छ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन् ।
  • यिर्मि 34:22 : 22 यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”
  • यिर्मि 48:10 : 10 परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् ।
  • यिर्मि 50:3 : 3 यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।
  • यिर्मि 50:9 : 9 किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।
  • यिर्मि 50:15 : 15 चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।

  • 79%

    26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

    27त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।

  • 10त्यसका दाखबारीका गराहरूमा जा र नष्‍ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।

  • 22यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

  • 7एक समय एक जाति वा राज्यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु ।

  • 9हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।

  • 73%

    10किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'

    11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 25के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”

  • 15तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू ।

  • 16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • 17तर कुनै जातिले सुनेन भने म त्यसलाई जरैदेखि उखेल्नेछु । त्‍यो निश्‍चय नै जरैदेखि उखेलिनेछ, र नष्‍ट गरिनेछ, यो परमप्रभुको घोषणा हो ।

  • 15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

  • 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।

  • 4तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।

  • 3धनुर्धारीहरूलाई आफ्ना धनु तान्‍न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर ।

  • यशा 14:21-22
    2 पदहरू
    72%

    21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

    22“तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्‍ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो ।

  • 66हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।

  • 62तब तपाईंले भन्‍नुहुनेछ, 'हे परमप्रभु, यस ठाउँलाई नष्‍ट गर्नेछु, र कुनै मानिस वा पशु यस ठाउँमा बस्‍नेछैन, र यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको छ ।'

  • 5मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,

  • व्यव 31:4-5
    2 पदहरू
    72%

    4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।

    5तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।

  • यिर्मि 21:6-7
    2 पदहरू
    72%

    6किनकि म यस सहरका बासिन्दाहरू, मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु । भयङ्‍कर रुढीले तिनीहरू मर्नेछन् ।

    7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • 17बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।

  • 8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

  • 72%

    24तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।

    25ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्‍ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्‍नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्‍नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु ।

  • 7उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।

  • 10अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यो देशलाई आक्रमण गर् र त्‍यसलाई नाश गर् ।”

  • 3त्यसको न्यायकर्तालाई म नष्‍ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 14तिमीहरूका विरुद्धमा आउनलाई मैले तिमीहरूका अभ्यासको फल तोकेको छु, यो परमप्रभुको घोषणा हो— र झाडीहरूमा म आगो सल्काउनेछु, र त्‍यसले आफ्नो वरिपरि भएका हरेक कुरालाई भस्म पार्नेछ ।”

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

  • 4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”

  • 14तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'

  • 13त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु ।

  • 21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • 2किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।

  • 7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।

  • 15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 10कल्दी लुटको माल बन्‍नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।

  • 3मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो,

  • 30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”

  • 2परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।

  • 14मैले आफ्‍ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बिचबाट माथि तान्‍नेछु ।

  • 15“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

  • 16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।

  • 1¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।