२ राजा 18:25

अनलक शाब्दिक बाइबल

के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 19:6 : 6 र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।
  • २ राजा 19:22-37 : 22 तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस्? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्‍च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो! 23 तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु । 24 मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।' 25 के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् । 26 तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् । 27 तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ । 28 तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु । म तँलाई तँ आएकै बाटो फर्काउनेछु ।” 29 तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्‍न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्‍न रोप्‍ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् । 30 यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् । 31 किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ । 32 त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ । 33 जुन बाटोबाट ऊ आएको थियो ऊ त्‍यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो । 34 किनकि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु ।” 35 त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए । 36 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे र घरमा गए, र निनवेमा बसे । 37 पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।
  • २ इति 35:21 : 21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”
  • यशा 10:5-6 : 5 अश्‍शूरलाई धिक्‍कार, जो मेरो रिसको लट्ठी हो, त्‍यो लहुरो जसद्वारा म आफ्‍नो क्रोध मच्‍चाउँछु! 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
  • आमो 3:6 : 6 सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?
  • यूह 19:10-11 : 10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?” 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
  • १ राजा 13:18 : 18 त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 36:9-11
    3 पदहरू
    94%

    9मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।

    10अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यो देशलाई आक्रमण गर् र त्‍यसलाई नाश गर् ।”

    11तब हिल्कियाहका छोरा एल्याकीम, शेब्‍ना र योआले प्रमुख कमाण्‍डरलाई भने, “कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्‍छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्‍ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।”

  • 24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।

  • 11हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?

  • 11हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?

  • 26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”

  • 15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,

  • 18हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।

  • 17हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।

  • २ राजा 18:18-20
    3 पदहरू
    74%

    18जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।

    19त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?

    20युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो?

  • 25अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”

  • 21“मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 32त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ ।

  • 7एक समय एक जाति वा राज्यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु ।

  • 26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

  • 35देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ र? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र?”

  • 21तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”

  • 5युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?

  • 10त्यसका दाखबारीका गराहरूमा जा र नष्‍ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।

  • 33यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।

  • २ इति 32:13-14
    2 पदहरू
    72%

    13म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना देशहरूलाई बचाउन सकेका थिए र?

    14मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्‍यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?

  • 22तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'?

  • 5परमप्रभु फेरि मसँग बोल्नुभयो,

  • यशा 36:17-18
    2 पदहरू
    72%

    17तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'

    18हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?

  • 4तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।

  • 25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।

  • 18र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'

  • 5तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्‍ट पारौं ।”

  • 23तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।

  • 32अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्‍नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।

  • 42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'

  • 20यी देशहरूका सबै देवताहरूमध्‍ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?”

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • 11सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?”

  • 4तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,

  • 28तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।

  • 13तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे ।

  • 9त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

  • 13हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”

  • 24तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु ।

  • 13ए बेँसीका बासिन्दा हो, मैदानका चट्टानमा बस्‍ने हो, म तिमीहरूको विरुद्धमा छु, यो परमप्रभुको घोषणा हो— यसो भन्‍ने कुनै पनि व्‍यक्‍तिको विरुद्धमा म छु, 'हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ र?' वा 'हाम्रा घरहरूमा को पस्‍नेछ र?'

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,