व्यवस्थाविवरण 13:7

अनलक शाब्दिक बाइबल

अर्थात् तिमीहरूका वरिपरि, तिमीहरूको नजिक वा टाढा वा पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म भएका जातिहरूको कुनै देवताको पुजा गरौँ ।'

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6मानौँ, तिम्रो आफ्नै दाजुभाइ, वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्‍नी वा तिम्रो घनिष्‍ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो, 'जाऔँ र तिमीहरू वा तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ

  • व्यव 6:14-15
    2 पदहरू
    80%

    14तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,

    15किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।

  • 64परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।

  • व्यव 12:30-31
    2 पदहरू
    76%

    30होसियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । 'यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् म पनि त्यस्तै गर्ने छु' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू ।

    31तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।

  • व्यव 17:2-3
    2 पदहरू
    76%

    2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा

    3मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,

  • निर्ग 34:14-16
    3 पदहरू
    75%

    14किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ ।

    15त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ

    16अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

  • व्यव 13:11-14
    4 पदहरू
    75%

    11सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।

    12परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा

    13केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने

    14तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।

  • व्यव 7:3-4
    2 पदहरू
    75%

    3तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।

    4किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।

  • 7त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।

  • 8त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू ।

  • 17तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने

  • 2र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने

  • 19पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।

  • निर्ग 23:32-33
    2 पदहरू
    74%

    32तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।

    33तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”

  • 9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।

  • 16ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ ।

  • 36परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।

  • 12तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् ।

  • 25खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू । तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो ।

  • व्यव 29:17-18
    2 पदहरू
    73%

    17तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ ।

    18तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्‍त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस् ।

  • 28त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।

  • 13मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।

  • 9जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्‍नू ।

  • 16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ ।

  • 11अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।

  • 15तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।

  • 19तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,

  • 35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।

  • 14र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ ।

  • 4तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू ।

  • 18तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ ।

  • 19भयानक दुःखकष्‍ट, चिन्ह, आश्‍चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले त्यसै गर्नुहुने छ ।

  • यहो 23:11-12
    2 पदहरू
    71%

    11विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर

    12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,

  • 23सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।

  • 14किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन ।

  • 14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।

  • 9के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ?

  • 6तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,