यहोशू 23:11

अनलक शाब्दिक बाइबल

विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 22:5 : 5 परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका आज्ञाहरू र व्यवस्था पालन गर्न, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न, उहाँका सबै आज्ञा पालन गर्न, उहाँमा नै रहिरहन र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ ।”
  • नीति 4:23 : 23 तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
  • लू 21:34 : 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
  • रोमी 8:28 : 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् ।
  • १ कोरि 8:3 : 3 तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।
  • १ कोरि 16:22 : 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
  • एफिसी 5:15 : 15 त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
  • इब्रा 12:15 : 15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
  • यहू 1:20-21 : 20 तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर । 21 तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ ।
  • निर्ग 20:6 : 6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
  • व्यव 4:9 : 9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
  • व्यव 6:5-9 : 5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू । 6 आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख । 7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू । 8 तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् । 9 तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला 11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्‍त हुने छौ, 12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 11:16-17
    2 पदहरू
    80%

    16ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ ।

    17अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ ।

  • 12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,

  • 22किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने,

  • व्यव 11:1-2
    2 पदहरू
    80%

    1¶ त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।

    2ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,

  • 11आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ ।

  • 23सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।

  • 8बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो ।

  • 5परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका आज्ञाहरू र व्यवस्था पालन गर्न, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न, उहाँका सबै आज्ञा पालन गर्न, उहाँमा नै रहिरहन र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ ।”

  • 12तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् ।

  • 13तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने

  • 30होसियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । 'यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् म पनि त्यस्तै गर्ने छु' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।

  • 4तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।

  • 17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

  • 9केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।

  • 19तिमीहरू आफ्नो देशमा बसुञ्‍जेलसम्म लेवीहरूलाई नभुल्नमा ध्यान देओ ।

  • 15त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ ।

  • व्यव 30:16-17
    2 पदहरू
    75%

    16तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।

    17तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने

  • 5तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।

  • 6उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।

  • व्यव 10:12-13
    2 पदहरू
    75%

    12अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;

    13परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।

  • 11त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।

  • 10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • 5तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ ।

  • 61त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् ।

  • 28मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।

  • व्यव 6:14-15
    2 पदहरू
    74%

    14तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,

    15किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।

  • 32आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।

  • 3तिमीहरूले वर्तमानसम्म यति धेरै दिनसम्म पनि आफ्ना दाजुभाइहरूलाई छाडेका छैनौ, र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाअनुसार आवश्यक कर्तव्यहरू पुरा गरेका छौ ।

  • 10तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।

  • 8त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक,

  • 6त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर ।

  • २ राजा 17:37-39
    3 पदहरू
    73%

    37उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन,

    38र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ ।

    39तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”

  • व्यव 11:27-28
    2 पदहरू
    73%

    27परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,

    28र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ ।

  • 31यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।

  • 18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।

  • 13तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।

  • 4किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'

  • 15त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ