यहोशू 23:10

अनलक शाब्दिक बाइबल

तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 26:8 : 8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।
  • व्यव 32:30 : 30 तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो?
  • व्यव 3:22 : 22 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।'
  • निर्ग 14:14 : 14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”
  • भजन 35:1 : 1 ¶ हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस् । मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस् ।
  • भजन 46:7 : 7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
  • व्यव 20:4 : 4 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
  • यहो 23:3 : 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।
  • रोमी 8:31 : 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
  • १ शमू 14:6 : 6 जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”
  • भजन 44:4-5 : 4 हे परमेश्‍वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् । 5 तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
  • यहो 10:42 : 42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।
  • न्या 15:15 : 15 शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
  • निर्ग 23:27-33 : 27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु । 28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् । 29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् । 30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु । 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ । 32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू । 33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
  • १ शमू 14:12-16 : 12 तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्‍नेलाई बोलाए र भने, “हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।” जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने, “मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।” 13 जोनाथन आफ्‍ना हात र खुट्टा टेकेर चढे र तिनको हतियार बोक्‍नेले तिनको पछि गए । जोनाथनको सामु पलिश्‍तीहरू मारिए र तिनको पछाडी तिनको हतियार बोक्‍नेले कति जनालाई मारे । 14 जोनाथन र तिनको हतियार बोक्‍नेले गरेको पहिलो आक्रमणमा चार रोपनी जतिको क्षेत्रमा झण्डै बिस जना मानिस मारिए । 15 छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो । 16 त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्‍नेले देख्यो । पलिश्‍ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो र तिनीहरू यताउता गरिरहेका थिए ।
  • न्या 7:19-22 : 19 यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए । 20 तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार ।” 21 हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे । 22 जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
  • २ शमू 23:8 : 8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।
  • न्या 3:31 : 31 एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।

  • लैव्य 26:7-8
    2 पदहरू
    81%

    7तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।

    8तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।

  • व्यव 20:3-4
    2 पदहरू
    80%

    3'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।

    4किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'

  • 22तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।'

  • व्यव 1:29-30
    2 पदहरू
    79%

    29तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ ।

    30तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने छ जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।

  • 17एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।

  • 1¶ तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।

  • 25कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।

  • 14परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”

  • 11विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर

  • 8परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन् ।

  • 4तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।”

  • व्यव 1:10-11
    2 पदहरू
    73%

    10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ ।

    11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस् ।

  • 7तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।

  • 19तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।”

  • 16परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”

  • 21परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र

  • 15यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।

  • 25अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”

  • व्यव 31:5-6
    2 पदहरू
    72%

    5तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।

    6बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ । उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ ।”

  • 12हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”

  • 13र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।

  • 17यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”

  • 8परमप्रभु तिम्रो अगिअगि जानुहुने छ । उहाँ तिमीसँगै हुनुहुने छ । उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ । नडराऊ, निरुत्साहित नहोऊ ।”

  • 25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

  • 5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।

  • 21तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्‍वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् र भययोग्य हुनुहुन्छ ।

  • 23परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ ।

  • 30तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो?

  • 10जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,

  • 21उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।

  • 39तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”

  • 7हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्‍यो तिमीकहाँ आउनेछैन ।

  • 42यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।

  • 18त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ ।

  • 27तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्‍नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।”

  • 3परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

  • 11हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ ।

  • 6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।

  • 14तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।