व्यवस्थाविवरण 19:9

अनलक शाब्दिक बाइबल

र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 20:7-8 : 7 त्यसैले इस्राएलीहरूले नप्‍तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने । 8 यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।
  • व्यव 11:22-25 : 22 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने, 23 परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ । 24 तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ । 25 कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।
  • व्यव 12:32 : 32 मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 19:1-3
    3 पदहरू
    82%

    1¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्‍ने छौ ।

    2तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू ।

    3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस् ।

  • व्यव 19:7-8
    2 पदहरू
    82%

    7त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु ।

    8परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने

  • 22किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने,

  • 16तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।

  • 9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।

  • व्यव 7:11-12
    2 पदहरू
    73%

    11त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।

    12तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।

  • 15तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।

  • व्यव 4:40-41
    2 पदहरू
    72%

    40आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”

    41तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने

  • 6उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।

  • 14तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।

  • 13परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।

  • 3मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्वरका मार्गहरूमा हिँड्न, उहाँका विधिहरू, आज्ञाहरू, निर्णयहरू र उहाँका करारका आदेशहरू पालन गर्न होसियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्नति होस्,

  • 1¶ त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।

  • 18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।

  • 1¶ आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।

  • व्यव 6:17-18
    2 पदहरू
    71%

    17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

    18तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला

  • 1¶ आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।

  • 3यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।

  • 9त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान ।

  • 33तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।

  • 4मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने,

  • 10तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।

  • 61त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् ।

  • 8त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक,

  • 9तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ ।

  • 10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • 12परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा

  • 27परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,

  • 8तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।

  • 17तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने,

  • 28मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।

  • व्यव 26:16-17
    2 पदहरू
    68%

    16आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।

    17आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ ।

  • 13तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने

  • व्यव 6:1-3
    3 पदहरू
    68%

    1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

    2तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू ।

    3त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।

  • 15तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।

  • 5तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ ।

  • 2मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।

  • 13तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निष्खोट हुनुपर्छ ।