व्यवस्थाविवरण 2:28
खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।
5तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु ।
6तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्नू ।
27'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्ने छैनँ ।
17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्ने छैनौँ ।”
18तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”
19अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”
20तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।
29। जसरी सेइरमा बस्ने एसावका सन्तानहरू र आर सहरमा बस्ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'
22“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।”
16परमेश्वरका जनले भने, “म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु ।
17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”
8परमेश्वरका जनले राजालाई भने, “तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि म तपाईंसित जान्नँ, न यस ठाउँमा तपाईंसित खाने छु न पिउने छु ।
9किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”
8त्यसैले हामी सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।
14यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् भनी म बिन्ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।
15एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
17जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।
31त्यसैले लाबानले भने, “म तिमीलाई के दिऊँ?” याकूबले भने, “तपाईंले मलाई केही पनि दिनुपर्दैन । तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ ।
19इस्राएलले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’
3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् ।
4केही पानी ल्याउन दिनुहोस्, र तपाईंहरू आफ्ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस् ।
5मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
31याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस् ।”
18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।
19हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”
20ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”
24मैले जवान मानिसहरूले खाएका र मसँग गएका मानिसहरूका भाग बाहेक कुनै कुरा लिनेछैन । आनेर, एश्कोल र मम्रेले आफ्ना भाग लेऊन् ।
33तिनीहरूले त्यसको सामु खानेकुरा पनि राखिदिए, तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ ।” तब लाबानले भने, “ल, भन्नुहोस् ।”
20तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो
12तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
9के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।”
31त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।
9यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्नको अभाव हुने छैन र त्यहाँ कुनै थोकको कमी हुने छैन । यस देशका ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ ।
28त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”
25म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्न दिनुहोस् ।'
18'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ ।
8तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”
14तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
2तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्न किन्नलाई जाओ ।”
7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्नुभएको छ ।
6यसरी नै हामीले खराब गहुँ बेच्न सक्छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्न सक्छौं ।”