न्यायाधीश 11:17

अनलक शाब्दिक बाइबल

जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 20:1 : 1 ¶ यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे ।
  • गिन 20:14-21 : 14 मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ । 15 हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे । 16 जब हामीले परमप्रभुलाई पुकार्‍यौँ, उहाँले हाम्रो आवाज सुन्‍नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ । 17 हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।” 18 तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।” 19 अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।” 20 तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए । 21 एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।
  • व्यव 2:4-9 : 4 मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ । 5 तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्‍ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु । 6 तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्‍नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्‍नू । 7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।” 8 त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ । 9 परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'
  • व्यव 2:29 : 29 । जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'
  • यहो 24:9 : 9 त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 11:15-16
    2 पदहरू
    85%

    15र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,

    16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

  • न्या 11:18-20
    3 पदहरू
    84%

    18त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।

    19इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’

    20तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे ।

  • गिन 20:16-22
    7 पदहरू
    83%

    16जब हामीले परमप्रभुलाई पुकार्‍यौँ, उहाँले हाम्रो आवाज सुन्‍नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ ।

    17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”

    18तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”

    19अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”

    20तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।

    21एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।

    22मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए ।

  • 14मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ ।

  • २ राजा 3:8-9
    2 पदहरू
    78%

    8तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”

    9त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन ।

  • गिन 21:21-23
    3 पदहरू
    77%

    21त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए,

    22“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।”

    23तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे ।

  • 8त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।

  • व्यव 2:26-30
    5 पदहरू
    76%

    26मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ,

    27'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ ।

    28खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्

    29। जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'

    30तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।

  • 2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

  • 4तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।

  • 19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।

  • 26जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।

  • 10अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् ।

  • 1¶ तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।

  • 8तिनीहरू एश्कोलको बेँसीमा गए ।

  • 4मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।

  • गिन 33:36-37
    2 पदहरू
    71%

    36तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।

    37तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।

  • 6तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ?

  • 17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

  • 24जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।

  • 3तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।

  • 1¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।

  • 17परमप्रभुले मलाई यसो भन्‍नुभयो,

  • 20तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।