गिन्ती 20:16

अनलक शाब्दिक बाइबल

जब हामीले परमप्रभुलाई पुकार्‍यौँ, उहाँले हाम्रो आवाज सुन्‍नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 14:19 : 19 इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो ।
  • निर्ग 23:20 : 20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
  • निर्ग 33:2 : 2 म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।
  • निर्ग 2:23-24 : 23 धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो । 24 परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो ।
  • निर्ग 3:2-9 : 2 त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन । 3 मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।” 4 जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।” 5 परमेश्‍वरले भन्‍नुभयो, “अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।” 6 उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए । 7 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ । 8 तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो । 9 अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।
  • निर्ग 6:5 : 5 अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।
  • निर्ग 14:10 : 10 जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 20:14-15
    2 पदहरू
    81%

    14मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ ।

    15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।

  • 17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”

  • 19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।

  • व्यव 26:6-9
    4 पदहरू
    77%

    6मिश्रीहरूले हामीलाई निष्‍ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए । तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए ।

    7हामीले हाम्रा पिता-पुर्खाहरूका परमेश्‍वर परमप्रभुलाई पुकार्‍यौँ, र उहाँले हाम्रो क्रन्दन, हाम्रो पीडा, हाम्रो श्रम र हाम्रो थिचोमिचो सुन्‍नुभयो ।

    8परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्‍चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो ।

    9अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्‍ने यो देश दिनुभएको छ ।

  • 17किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।

  • न्या 11:16-17
    2 पदहरू
    76%

    16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

    17जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।

  • 23उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।

  • निर्ग 14:10-12
    3 पदहरू
    74%

    10जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।

    11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?

    12के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”

  • 16हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।

  • 3तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?

  • 27तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ ।

  • 8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

  • गिन 20:4-5
    2 पदहरू
    73%

    4परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?

    5यो डरलाग्‍दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।”

  • 6तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ?

  • गिन 16:13-14
    2 पदहरू
    73%

    13के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!

    14यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”

  • 13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

  • 3इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”

  • 7जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्‍नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ ।

  • निर्ग 3:17-18
    2 पदहरू
    72%

    17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

    18तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।'

  • 4जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्‍चाए र रोए ।

  • 1¶ तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।

  • निर्ग 13:17-18
    2 पदहरू
    72%

    17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

    18त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।

  • 28नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।'

  • 10तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।

  • 3मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”

  • 8तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।

  • 21तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो,

  • 9तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • 20बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।

  • 27परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ ।”

  • 19तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”

  • 5वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्‍जेलसम्म उहाँले तिमीहरूलाई उजाड-स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन् ।

  • 20तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।

  • 18तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'

  • 8त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।

  • 10यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ ।