व्यवस्थाविवरण 21:4
अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् ।
अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने,
2तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् ।
3त्यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् ।
5पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्नुभएको छ ।
6मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् ।
7अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।'
14तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।
15त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।
2“मैले तिमीहरूलाई आज्ञा गरिरहेको नियम, विधि यही होः इस्राएलका मानिसहरूले निष्खोट वा दाखरहित रातो कोरली ल्याउनुपर्छ भनी तिनीहरूलाई भन् जसको काँधमा कहिल्यै जुवा परेको हुनुहुन्न ।
3त्यो कोरली पुजारी एलाजारलाई दिनू । त्यसले यसलाई छाउनीबाहिर ल्याउनुपर्छ र कसैले यसलाई त्यसको सामु मार्नुपर्छ ।
4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।
5अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ ।
6पुजारीले देवदारुको काठ, हिसप र गाढा रातो रङको ऊन लिनुपर्छ र यी सबैलाई जलिरेहेको कोरलीमाथि फाल्नुपर्छ ।
4त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।
10मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।
11साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्टाहरू, भित्री भागहरू र त्यसको गोबर,
12र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
15तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्ट पार्नू ।
19त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
20त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
21त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
17अशुद्ध व्यक्तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू ।
3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्चा वा बोका मार्दछ,
4तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्कृत होस् ।
28कुनै गोरुले पुरुष वा स्त्रीलाई सिङले हानेर मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।
29तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ ।
31गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ ।
15पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।
16त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।
35एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्याएर त्यो मर्यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।
36तर त्यस गोरुको विगतमा पनि हान्ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
19र यहूदा र यरूशलेमका अगुवाहरू, नपुंसकहरू र पुजारीहरू अनि देशका सबै मानिस त्यही दुई फ्याक गरिएको साँढेको बिचबाट हिंडे ।
11तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्यस बाछोलाई मार्नू ।
12बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।
21त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्वरको सामु नचढाउनू ।
8कोरली जलाउने व्यक्तिले आफ्नो लुगा पानीले धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ ।
9कोही शुद्ध मानिसले त्यो कोरलीको खरानीलाई उठाउनुपर्छ र त्यसलाई छाउनीबाहिर शुद्ध ठाउँमा राख्नुपर्छ । यो खरानी इस्राएलका मानिसको सामुदायको निम्ति राख्नुपर्छ । तिनीहरूले त्यो खरानीलाई तिनीहरूको पापबाट शुद्धिकरणको निम्ति पानीमा मिसाउनेछन्, किनभने त्यो खरानी पापबलिबाट लिइएको थियो ।
18त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन् ।
19त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् ।
1¶ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्वरको लागि घृणित कुरो हुने छ ।
21अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्यसलाई जलाउनू ।
8त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् ।
11तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।
21कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।
21तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टता हटाउनू ।
10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्थानझैं उजाड पारिएको र त्यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्यसको हाँगाहरू खान्छ ।
23अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।
15तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ ।
21त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,