व्यवस्थाविवरण 25:8
तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्न चाहन्नँ' भनी जिद्दी गर्यो भने
तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्न चाहन्नँ' भनी जिद्दी गर्यो भने
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।
6स्त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् ।
7तर देवरले आफ्नी भाउजुलाई राख्ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।'
9भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।'
10इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ ।
13मानौँ, कसैले विवाह गरेर पत्नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र
14र बदनाम गराउने नियतले पत्नीलाई यसो भन्छ, 'मैले यो स्त्रीलाई ल्याएँ, तर म त्योसित सुत्न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'
15तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ ।
16केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ ।
17हेर, त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको छ, “मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ ।” तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ छ ।' तब तिनीहरूले सहरका धर्म-गुरुहरूको सामु त्यो लुगा फिँजाओस् ।
18त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन् ।
19अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्काको जरिवाना तिराई त्यो केटी र केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ । त्यो केटी त्यसकै पत्नी हुनुपर्छ । त्यसले जीवनभर त्यस केटीलाई त्याग्न पाउँदैन ।
20तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने
8त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँ मेरो यो शपथबाट मुक्त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू ।”
16कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्नी बनाउनुपर्छ ।
17केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।
37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू ।
38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्नी ल्याउनू ।'
39मैले मेरो मालिकलाई भनेँ, 'सायद त्यो स्त्री मेरो साथमा आउन मान्दिन होला?'
7के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
8त्यसले आफ्ना मालिकलाई खुसी पारिन भने त्यसलाई मोल तिरेर छुटाइयोस् । त्यसलाई परदेशीकहाँ बेच्ने अधिकार मालिकलाई हुँदैन । मालिकले त्यसलाई छलपूर्वक व्यवहार गरेकोले त्योसित त्यस्तो अधिकार हुँदैन ।
9मालिकले त्यसलाई आफ्नो छोरोकी पत्नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।
10त्यसले आफ्नो लागि अर्की पत्नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।
11तर त्यसले पत्नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।
1¶ आफूले बिहे गरेर ल्याएकी पत्नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।
2उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”
14तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्ट गरेका छौ ।
15कुनै मानिसका दुई पत्नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने
29त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्का देओस्, र त्यो केटी त्यसकी पत्नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ । त्यसको जीवनभर त्यसले केटीलाई त्याग्न पाउँदैन ।
11र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।
16त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्नँ' भन्यो भने
5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
8सारा धर्म-गुरु र मानिसहरूले आहाबलाई भने, “तिनको कुरा नसुन्नुहोस्, वा तिनको आज्ञामा सहमति नजनाउनुहोस् ।”
25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो ।
3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने
3तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्छ ।”
26तर उहाँले यसो भन्नुहुन्छ भने, 'तँसँग म प्रशन्न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
26यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,
23कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्यो भने
24दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्नीको सतीत्व नष्ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टता हटाउनू ।
8तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्त गर्नुहुने छ ।
30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्न पाउने छैनौ ।
28ती लेवीले त्यसलाई भने, “उठ, जाऔं ।” तर केही जवाफ आएन । तिनले त्यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिंडे ।
12उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्ट कुरा नगर्नुहोस् ।
41तर तँ मेरो कुटुम्बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्नेछस् ।'
12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”
10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
8त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।