व्यवस्थाविवरण 25:7

अनलक शाब्दिक बाइबल

तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रूत 4:1-2 : 1 ¶ बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस् ।” त्यो मानिस आए र बसे । 2 अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “ यहाँ बस्‍नुहोस् ।” त्यसैले तिनीहरू बसे ।
  • रूत 4:5-6 : 5 त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।” 6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 25:8-9
    2 पदहरू
    88%

    8तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्‍न चाहन्‍नँ' भनी जिद्दी गर्‍यो भने

    9भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।'

  • व्यव 25:5-6
    2 पदहरू
    85%

    5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।

    6स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् ।

  • मत्त 22:24-26
    3 पदहरू
    79%

    24“गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने, उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।

    25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।

    26त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।

  • 21कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।

  • मर 12:19-21
    3 पदहरू
    76%

    19“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’

    20त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे ।

    21दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।

  • उत्प 38:8-9
    2 पदहरू
    74%

    8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”

    9त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।

  • लू 20:28-30
    3 पदहरू
    74%

    28र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।

    29सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो

    30अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो ।

  • गिन 27:9-11
    3 पदहरू
    74%

    9यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।

    10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।

    11यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”

  • निर्ग 21:9-11
    3 पदहरू
    73%

    9मालिकले त्यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।

    10त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।

    11तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।

  • 7के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'

  • व्यव 22:13-16
    4 पदहरू
    73%

    13मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र

    14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'

    15तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ ।

    16केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ ।

  • व्यव 24:1-3
    3 पदहरू
    72%

    1¶ आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।

    2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।

    3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने

  • उत्प 24:37-38
    2 पदहरू
    72%

    37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।

    38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू ।'

  • 8त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।”

  • 7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

  • 15कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने

  • 17केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।

  • लैव्य 25:25-26
    2 पदहरू
    71%

    25यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ ।

    26यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,

  • 22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”

  • 16आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।

  • 7बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”

  • 13त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।

  • 30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।

  • 1¶ आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू ।

  • 41तर तँ मेरो कुटुम्‍बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌ ।'

  • 11र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।