व्यवस्थाविवरण 27:13

अनलक शाब्दिक बाइबल

श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 29:32 : 32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
  • उत्प 30:6-9 : 6 त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् । 7 राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई । 8 राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्‍ताली राखिन् । 9 आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् । 10 लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई । 11 लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् । 12 त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई । 13 लेआले भनिन्, “म सुखी छु । किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।
  • उत्प 30:20 : 20 लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
  • उत्प 49:3-4 : 3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट । 4 बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।
  • व्यव 11:29 : 29 जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू ।
  • व्यव 27:4 : 4 तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू ।
  • यहो 8:33 : 33 स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12“तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।

  • निर्ग 1:2-4
    3 पदहरू
    77%

    2रूबेन, शिमियोन, लेवी र यहूदा,

    3इस्साखार, जबूलून, र बेन्यामीन,

    4दान, नप्‍ताली, गाद र आशेर ।

  • १ इति 2:1-2
    2 पदहरू
    77%

    1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

    2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।

  • 14ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्:

  • व्यव 11:29-30
    2 पदहरू
    76%

    29जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू ।

    30के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र?

  • न्या 5:17-18
    2 पदहरू
    71%

    17गिलाद यर्दनको पारिपट्टि नै बस्‍यो । अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्‍यो? आशेर समुद्र किनारमा नै रह्‍यो र आफ्‍ना बन्दरगाहहरूको नजिक बस्‍यो ।

    18जबूलून यस्तो कुल थियो जसले मृत्युको सामु आफ्नो प्राण जोखिममा पार्थ्यो, र नप्‍तालीले पनि युद्धको मैदानमा त्‍यसै गर्‍यो ।

  • 29परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।

  • 21त्यसपछि रूबेन, गाद, र मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए,

  • 27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

  • 23नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन् ।

  • यहे 48:1-3
    3 पदहरू
    69%

    1¶ कुलहरूका नाम यी नै हुन् । दानको कुलले देशको एक भाग पाउनेछ । त्यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन र लेबो-हमात हुँदै जानेछ । त्यसको सिमाना हसर-एनानसम्म र उत्तरमा दमस्कसको सिमाना र त्‍यसपछि हमातसम्म जानेछ । दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ ।

    2दानको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, आशेरले एक भाग पाउनेछ ।

    3आशेरको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, नप्‍तालीले एक भाग पाउनेछ ।

  • 33स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।

  • 21व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ ।

  • 23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

  • व्यव 33:18-19
    2 पदहरू
    69%

    18जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।

    19तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् ।

  • 27जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्‍चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।

  • 25उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।

  • 26हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु ।

  • 27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।

  • 27त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्‍तालीका अगुवाहरू छन् ।

  • 22दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए ।

  • 28यी इस्राएलका बाह्र कुल हुन्‌ । आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।

  • 1¶ त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।

  • 13नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।

  • 15तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,

  • 1¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ,

  • 19जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए । नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए ।

  • 32छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो ।

  • 6त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।”

  • 16तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।

  • 29मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

  • 2र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म,

  • 7बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।'

  • 12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,

  • 13बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।”

  • 14तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।

  • 24नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए ।

  • 26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।