यहोशू 19:27
त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
33तिनीहरूको सिमाना हेलेपबाट, सानन्नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्नेल र लक्कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो ।
34सिमाना पश्चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।
11तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म र दब्बेशेतलाई छोयो; त्यसपछि यो योक्नामको सामुन्नेको खोलासम्म फैलिएको थियो ।
12सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।
13त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्मोनसम्म पुग्यो र नेआतिर मोडियो ।
14सिमानाले हन्नतोनतिर उत्तरतिर मोड लियो र यिप्ताहएलको बेँसीमा टुङ्गियो ।
15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
25तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप,
26अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्नातसम्म फैलिएको थियो ।
28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।
29सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,
10सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्ना पार गर्यो ।
11सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्क्यो र यो शिककरोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
2त्यसपछि यो बेथेलबाट लूजतिर, अरकीको क्षेत्रतिर गयो ।
3त्यसपछि यो तल्लो बेथ-होरोनको क्षेत्रसम्मै यल्पेतीको क्षेत्रसम्म पश्चिमतिर झर्यो र गेजेरतिर गयो; यो समुद्रमा टुङ्गियो ।
3तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
18तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,
19हपरैम, शीओन र अनाहारत ।
2उनले उत्तरी पहाडी देशमा, किन्नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्चिमतिरको नपोत डोरमा बस्ने राजाहरूलाई पनि समाचार पठाए ।
3उनले पूर्व र पश्चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।
4दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म;
5गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म ।
6र यो त्यहाँबाट सममुद्रसम्म पुग्यो । मिक्मतातबाट उत्तरतिर यो पूर्वतर्फ तानत-शीलोतिर मोडियो र यसभन्दा उता पूर्वतिर यानोह निस्क्यो ।
7त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो ।
44एल्तके, गिब्बतोन, बालात,
9अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ ।
10तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।
11पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।
12उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो ।
13त्यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत-अद्दारतिर झर्यो ।
14त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्चिमपट्टि यो बेथ-होरोनबाट सामुन्नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्चिमी सिमाना निर्माण गर्यो ।
3सीहोनका राजाले अराबादेखि किन्नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।
21रेमेथ, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
16त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्यो, जुन बेनहिन्नोमको सामुन्ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्यसपछि हिन्नोमको बेँसीतिर, यबूसीहरूको भिरको दक्षिण र एन-रोगेलतिर तल निरन्तर झर्यो ।
17यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्यहाँबाट यो गलीलोततिर निस्क्यो, जुन अदुम्मीमको उकालोको सामुन्ने थियो । त्यसपछि यो रूबेनको बोहनको ढुङ्गातिर झर्यो ।
18यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।
19सिमाना बेथ-होग्लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो ।
2र सबै नप्ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्चिम समुद्रसम्म,
26हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।
27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्कोत, सापोन, होश्बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।
6तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे ।
26इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।
7त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
8अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्पोसम्म निस्क्यो, पश्चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
18अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
10दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो ।
14यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।
22बेथ-अराबा, समारैम, बेथेल,
19र किर्यातैम, सिब्मा, उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्त गरे ।
19कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।