व्यवस्थाविवरण 28:61

अनलक शाब्दिक बाइबल

ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 4:25-26 : 25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु, 26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 28:58-60
    3 पदहरू
    87%

    58तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने

    59परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् ।

    60मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ ।

  • व्यव 28:18-22
    5 पदहरू
    82%

    18तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।

    19तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।

    20तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ ।

    21तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ ।

    22परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् ।

  • 15परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ ।

  • व्यव 28:27-28
    2 पदहरू
    79%

    27परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।

    28परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ ।

  • 35परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।

  • २ इति 21:14-15
    2 पदहरू
    77%

    14हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।

    15तँ आफैलाई चाहिं निको नहुने आन्‍द्राको रोग हुनेछ । त्‍यसले गर्दा दिनदिनै तेरा आन्‍द्रा बाहिर निस्‍केर आउनेछन्‌ ।”

  • व्यव 28:15-16
    2 पदहरू
    77%

    15तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।

    16तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।

  • व्यव 29:21-22
    2 पदहरू
    76%

    21व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ ।

    22तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्‍ने छन् ।

  • 26उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ ।”

  • 45यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।

  • 15तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।

  • 28देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—

  • 21यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु ।

  • 37जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा,

  • 16म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।

  • व्यव 28:62-63
    2 पदहरू
    74%

    62तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ ।

    63तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ ।

  • 25तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।

  • व्यव 28:51-52
    2 पदहरू
    72%

    51तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।

    52तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् ।

  • व्यव 28:24-25
    2 पदहरू
    72%

    24परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ ।

    25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

  • 17त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।

  • 13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

  • 27त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो ।

  • 17अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ ।

  • 1¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ,

  • 17तेरो विरुद्धमा म अनिकाल र प्रकोपहरू ल्याउनेछु, यसरी तँ बालकहिन हुनेछस् । रूढी र रक्तपात तेरो बिचबाट जानेछ, र म तेरो विरुद्ध तरवार ल्याउनेछु—म, परमप्रभुले नै यो घोषणा गरेको हुँ ।”

  • 24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

  • 28र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ ।

  • 3परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ ।

  • 8कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू ।

  • 34“मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,

  • 16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • 26हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु ।

  • 22त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्‍ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्‍ने कुरा तिमीहरूले पक्‍का रूपले जानिराख ।”

  • 20यसबाहेक, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरू बाँकी रहुञ्‍जेलसम्म र तिमीहरूको उपस्थितिबाट नष्‍ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बिचमा अरिङ्गाल पठाउनुहुने छ ।

  • 25म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु ।