व्यवस्थाविवरण 33:26

अनलक शाब्दिक बाइबल

यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 15:11 : 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
  • भजन 104:3 : 3 तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।
  • भजन 68:33-34 : 33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ । 34 परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ ।
  • हब 3:8 : 8 के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो?
  • यिर्मि 10:6 : 6 हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।
  • भजन 86:8 : 8 हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।
  • यशा 43:11-13 : 11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन । 12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ । 13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
  • यशा 19:1 : 1 ¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,
  • व्यव 32:15 : 15 तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे ।
  • भजन 18:10 : 10 उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।
  • भजन 68:4 : 4 परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।
  • यशा 40:18 : 18 तब तिमीहरूले परमेश्‍वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
  • यशा 40:25 : 25 परमपवित्र भन्‍नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?”
  • यशा 66:8 : 8 यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्‍ना छोराछोरी जन्माउँछे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।

  • 27अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!”

  • १ इति 17:20-21
    2 पदहरू
    75%

    20हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।

    21किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।

  • भजन 113:4-5
    2 पदहरू
    74%

    4परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ ।

    5परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ,

  • २ शमू 7:22-23
    2 पदहरू
    74%

    22यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।

    23तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो ।

  • 29ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।

  • 8हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।

  • भजन 68:33-34
    2 पदहरू
    72%

    33आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।

    34परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ ।

  • 2परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्‍वरजस्तो कुनै चट्टान छैन ।

  • 19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?

  • 11हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?

  • 14तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।

  • 6किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?

  • 35तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।

  • 23तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ ।

  • 12परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन ।

  • 24'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?

  • 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।

  • 32किनभने परमप्रभुबाहेक को परमेश्‍वर छ र, अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान छ र?

  • 39त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ र अरू कोही छैन ।

  • 4परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।

  • 21उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।

  • 9पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन । म परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन ।

  • 31किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र?

  • यशा 45:5-6
    2 पदहरू
    68%

    5म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु ।

    6ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।

  • 9किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।

  • 25तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने छ ।

  • 4तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ ।

  • 25स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।

  • 21उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।

  • 18किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।

  • 5इस्राएलका परमप्रभु परमेश्‍वरमा हिजकियाको यस्‍तो विश्‍वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन, न त तिनीभन्‍दा पहिलेका राजाहरूका माझमा नै कोही थियो ।

  • 33पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।

  • 16तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

  • 19तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्‍न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

  • 14हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन् ।

  • 30तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने छ जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो ।

  • 2परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।

  • 5तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो ।

  • 13हे परमेश्‍वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्‍वरसित कुन परमेश्‍वरको तुलना हुन्छ र?

  • 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।

  • 5हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।