होशे 13:4
तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । मबाहेक अर्को कुनै परमेश्वर छैन भनी तिमीहरूले स्वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्वीकार गर्नुपर्छ ।
तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । मबाहेक अर्को कुनै परमेश्वर छैन भनी तिमीहरूले स्वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्वीकार गर्नुपर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्वास गर र म उही हुँ भनी बुझ । मभन्दा पहिले त्यहाँ कुनै ईश्वर बनेको थिएन, र न मपछि कुनै ईश्वर हुनेछ ।
11म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
12मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
5म परमप्रभु हुँ र त्यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्जित पार्नेछु ।
6ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।
5उजाड-स्थानमा, अति सुक्खा भूमिमा नै, मैले तिमीहरूलाई चिनें ।
35तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्वर छैन भनी तिमीहरूले जान्न सक ।
20आफूलाई भेला पार र आओ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्ने देवताहरूसँग प्रार्थना गर्छन् ।
21नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
22ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन ।
33र मैले नै तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।
6'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
7तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्नू ।
9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
10म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्यो म भर्नेछु ।
2“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
3मेरो अगि अरू कुनै देवी-देवता नमान्नू ।
41म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूका परमेश्वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।”
6इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
3किनकि म परमप्रभु तेरो परमेश्वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।
14परमप्रभु यसो भन्नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्दै तँसँग बिन्ति गर्नेछन्, 'निश्चय पनि परमेश्वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”
15हे इस्राएलका परमेश्वर, उद्धारक, साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।
7म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।
39त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ र अरू कोही छैन ।
38तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ ।
9पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन । म परमेश्वर हुँ र मजस्तो अरू कोही छैन ।
8नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्वर छ र? त्यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
4मूल्यहीन मूर्तिहरूलाई नपछ्याओ, न त आफ्नै निम्ति धातुका ईश्वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
14किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्वर हुँ ।
2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
46म तिनीहरूका बिचमा बस्न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन् । म परमप्रभु तिनीहरूका परमेश्वर हुँ ।
13तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ । मैले तिमीहरूका जुवाका काठहरू भत्काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु ।
45किनभने तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
14किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु ।
55मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”
9“मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्ने बनाउनेछु ।
13तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्तर थपिरहनेछैन ।
39अब हेर, म नै परमेश्वर हुँ, र मबाहेक अर्को कुनै ईश्वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।
36तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।
14त्यसकारण, हेर, यो परमप्रभुको घोषणा हो, यस्ता दिन आउँदैछन्, जुन बेला फेरि यसो भनिनेछैन, 'मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
27म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।
20त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्वर हामीलाई त्यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।”
60ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून् ।
5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन् ।”
15म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ ।”
1¶ “तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
4हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ ।
2परमेश्वर मोशासित बोल्नुभयो र भन्नुभयो, “म परमप्रभु हुँ ।
2परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु ।
19अब हे परमप्रभु हाम्रा परमेश्वर, म बिन्ती गर्छु, कि त्यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ भनी जान्न सकून् ।”